दलाई लामाले गल्ती गरेकै हुन-आचार्य पेरिक भिडियो

बुद्धको जन्मलाइ हैन ज्ञानलाई महत्व दिनुस। बुद्धको जन्मलाई महत्व दिंदा अशान्ति फैलिन्छ भने वहांको ज्ञानलाई महत्व दिंदा शान्ति फैलिन्छ। बुद्ध जन्मेको देशमा त्यहि देशका मानिसले बुद्धकै नाम लिएर अशान्ति फैलाउनु कहाँसम्म ठिक हो तपाइनै भन्नुस त?

हामी अहिलेको युगमा वहांको ज्ञान को अध्ययन अनुशरण गरेमा मात्रै सुखी जीवन बिताउन सकिन्छ र वहांको नामलाई लिएर विवाद गर्ने, राजनीति गर्ने उचित कार्य हैन।
तसर्थ पुज्यनीय दलाई लामाले वहांको ज्ञानलाई प्रकाश पार्ने क्रममा के भन्नुभयो त भन्दाखेरि केहि नेपालीहरुले बुद्ध लुम्बिनीमा जन्मेको कारणले बुद्ध नेपालमा जन्मेको भन्छन, र त्यसरी बुद्ध नेपालमा जन्मेको भन्नु व्यर्थ हो भन्नुभयो तर भारतमा जन्मेको भन्नु झनै गलत हो भन्ने कुरा चाहिं शब्दमा उल्लेख नगर्नुभएको मात्रै हो।
उहालाई र उहाको विचारधारालाई बुझ्नेहरुले भने सजिलै बुझ्न सक्छन कि उहाँ बुद्ध भारतमा जन्मेको पक्षमा कदापि हुनुहुन्न।
साथै यो बाहेक पनि कुनै पनि समाचारलाई लिएर मेडियाको शब्दजाल भित्र नफस्न म सबै दाजुभाइ दिदीबहिनीहरुलाई आग्रह गर्दछु र शब्दलाई भन्दा मर्मलाई बुझ्ने कोशिश गर्नुहोला