यो लडाई जितेर संसारलाई ठुलो आवाजमा भन्न चाहन्छु, खबरदार ! परदेशमा दुख गर्न गएका हाम्रा चेलीहरुलाई छुने प्रयास नगर्लास्, कुदृष्टि नलगाउलास: रबि

हेर्नुस बेजोड १५३ औ भाग
अष्टमीको हत्यारा खोज्न, रवि टिम सहित युएई जादै, सञ्जय टक्लाले जेलबाट कसरी अन्तरवार्ता दिए
”अष्टमीका परिवार र सिंगै गॉउलाई दिएको वचन पुरा गर्न हामी आबुदावी जाने तयारीमा छौ।यो लडाई जितेर संसारलाई ठुलो आवाजमा भन्न चाहन्छु, खबरदार!! परदेशमा दुख गर्न गएका हाम्रा चेलीहरुलाई छुने प्रयास नगर्लास्,कुदृष्टि नलगाउलास् ।” रबि

हाम्रो देश नेपालमा प्रजातन्त्र,लोकतन्त्र, गणतन्त्र प्राप्तीपछि मुलुकमा सबैभन्दा बढि मौलायो दलाली । सम्मानपूर्वक भन्नु पर्दा विचौलीया भनिन्छ तर कर्म सम्मान जनक नगर्नेलाई शब्द सम्मान जनक प्रयोग गरीरहन परेन । एजेन्टको रुपमा काम मिलाइदिने लाइसेन्स प्राप्त इमान्दाहरुले यसमा चित्त दुखाइरहन परने तर जनता लुट्न सडकका बसपार्क देखी सर्वोच्च अदालत सम्म जमेर बसेका दलालहरु प्रती लक्षित गरेर केही भन्न चाहन्छु ।

यसमा चित्त दुखेपनि मेरो भन्नु केही छैन । उसै पनि बान्की मिलाएर बोल्ने स्वाभावको कार्यक्रम होइन यो । सर्वसाधारण मानिसको प्रतिनिधित्व गरीने कार्यक्रम बाट मिठो वचन,साहित्यीक शब्दावली र भद्र भाषाको प्रयोगको आशा नगर्नुहोला । त्यसैले दलाललाई दलाल नै भन्दा सुहाउछ र मिठो सुनिन्छ । सबै क्षेत्रको दलाली सहन सकिन्छ तर न्यायलय,अदालतमा हुने दलाली सहनु हुँदैन । अदालतमा दलाली सुनेर अचम्म र छक्क पर्नु भयो होला तपाईहरु तर हामी के भन्न खोज्दै छौँ भन्ने कुरा कानुन व्यवसायी मित्रहरुले चांही छर्लङगै बुझीसक्नु भो ।

केही दिन अघि सम्माननीय प्रधान न्यायाधिश गोपाल पराजुलीले भन्नु भएको थियो ,विचौलीयाहरुसँग सतर्क रहनुस् । उहाँको यो भनाइले स्पष्ट पार्छ कि अदालतमा दलालको विगविगी छ। अदालतमा दलालहरु किन सल्बलाउँछन् ? मुद्वा मिलाउन,हार्ने केश जिताउन,जित्ने केश हराउन । यस्तो कस्ले गर्न सक्छ ? न्याय मुर्ती,माई लर्ड न्यायाधीशहरुले । अदालत जस्तो ठाँउमा विचौलीया, सरि दलाल सल्बलाउछन् र प्रधान न्यायाधीश स्वयं यिनिहरुदेखी होसियार हुनुहोस भन्नु हुन्छ भने न्याय खोज्न कहाँ जाने ?

हरेक न्यायाधीशले अदालतका दलाल चिन्नु भएको छ । शायद, प्रधान न्यायाधीश ज्युले पनि चिन्नु भएको छ । किनकी उहां एक्कै पटक प्रधानन्याधीश बन्नु भएको होईन् । तर पनि अदालत वरपरका दलालहरु किन हट्दैनन् ? न्यायको ढोका वरपर, न्यायको मन्दीर वरपर दलालहरु सल्बलाएको सुहाएन श्रीमान । सुनिन्छ अख्तियारले कसैलाई समातेर बुझायो भने त्यो त अदालत र केही न्यायधिसका लागि खाजा र सितन आए जस्तो हो रे ? आरोप लगाउन नमिल्ने भएकाले शंका व्यतm गरेको नि श्रीमान ।

अरवौको भ्रष्टाचारमा करोड तिरेर उम्कीन पाइने भएपछी के भो र ? यो त भ्रष्टाचार गर्ने प्रेरणा दिए जस्तो भएन र ? देशमा कानुन छ, प्रहरी प्रशासन छ प्राप्त सवुद प्रमाणका आधारमा फैसला सुनाउन सक्ने दक्ष, इमान्दार न्यायमुर्ती न्यायधिस ज्युहरु हुदा हुँदै अदालत वरपर किरा जसरी सल्बलाउने दलालहरु किन चाहियो ? भन्न धेरै मन हुँदा हुदै पनि रोकिएको छु तर अदालत वरपर फलानो -फलानो न्यायधिसको सेटिङ म मिलाई दिन्छु भन्ने दलालहरुलाई ठेगान लगाउन श्रीमानहरुले नसक्ने हो भने केही जिम्मेवारी हामीले लिन मिल्छ की ?

सम्मानित अदालत र न्यायाधीश ज्युहरुको मानहानी गरेको आरोप नलागोस श्रीमान तर अदालत वरपर केही कालो कोट लगाएका कालै मन भएकाहरु करोडौको डिल गर्छन् । श्रीमानको आंखा अगाडी, श्रीमानको नाक अघिल्तिर ।