Friday, Apr 16 2021
  • Contact Us
  • Privacy Policy
  • About US
Complete Nepali News Portal
शुक्रबार, ०३ बैसाख २०७८
Skip to content
  •  Home
  • मुख्य खबर
  • प्रवास
  • मनोरंजन
  • विशेष
  • विचारदृष्टिकोण
  • स्वास्थ्य
  • आजको विनिमय दर
  • राशीफल
  • Videos
  • Contact Us

आजको राशिफल (२०७४ मार्गशीर्ष १० गते/२०१७ नोभेम्बर २६)

ScotNepal November 26, 2017
0 Shares
Share
Tweet
WhatsApp
Vibe

आजको राशिफल (२०७४ मार्गशीर्ष १० गते/२०१७ नोभेम्बर २६)
November 26, 2017 राशिफल

वि.सं. २०७४ मार्गशीर्ष १० गते आइतबार तदनुसार ई. सं. २०१७ नोभेम्बर २६ तारिख

मार्गशीर्ष शुक्ल अष्टमी, धनिष्ठा नक्षत्र, कुम्भ राशिको चन्द्रमा, व्याघात योग, विष्टि (भद्रा) र बब करण
आजको चाडपर्व र उत्सव : अष्टमी व्रत, गोरखकाली पूजा, बखुमद (नेवारी पर्व),
आजको मूहुर्त : कलशचक्र,
भोलिको चाडपर्व र उत्सव : दुर्गा जाँत (धनगढी), पोखरी जाँत (सिलगढी, डोटी), वैष्णवीदेवी यात्रा (पाङ्गा),
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, न्वागी खाने दिन, कलशचक्र,

आजका लागि अशुभ समय :–

राहु काल : साँझ ०३:४८ देखि ०५:०७ सम्म
यमघण्ट : दिउँसो ११:५१ देखि ०१:१० सम्म
गुलिक काल : दिउँसो ०२:२९ देखि ०३:४८ सम्म

आजका लागि शुभकर्म प्रारम्भ गर्न उपयुक्त समय :–

शुभ वारवेला : दिउँसो ०१:१० देखि ०२:२९ सम्म
अमृत वारवेला : दिउँसो १०:३२ देखि ११:५१ सम्म
लाभ वारवेला : बिहान ०९:१३ देखि १०:३२ सम्म

पञ्चाङ्ग, वारवेला, चाडपर्व र मुहूर्तको विस्तृत जानकारीका लागि यहाँ क्लिक् गर्नुहोस् ।

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

सन्ततिका समस्या निराकरण गर्न समय र धन खर्च हुने सम्भावना छ । सानोतिनो आर्थिक समस्याले पिरोल्ने छ । कारोबारप्रति ध्यान केन्द्रित हुन सक्दैन । व्यापारव्यवसायमा लाभ मिल्नेछ । दाम्पत्यसम्बन्धका लागि समय निकाल्न सकिंदैन । बौद्धिक क्षमता बढ्नेछ । मातापितासँग सम्बन्ध चिसिन सक्छ । पछाडि कुरा काट्ने शत्रुहरूको चलखेल बढ्नाले चिन्ता बढ्न सक्छ । सामाजिक क्षेत्रका कामबाट लाभ लिन सकिने छ, तर गर्नैपर्ने काममा विलम्ब हुनसक्छ । यश, सम्मान र प्रतिष्ठामा बढावा हुन्छ तर सद्भाव र प्रेममा कमी आउने छ । प्रेमी/प्रेमिकाका भावना र धारणाका कारण खिन्नता बढ्नेछ ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : शिवजी
अशुभ रङ्ग : घिउरङ्ग/क्रिम
अशुभ अङ्क : ६
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ सूर्यसुताय शनये नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : बन्दव्यापार र लाभमूलक काममा लगानी
के नगर्ने : अनुशासन भङ्ग

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

दिन राम्रै भए पनि आफन्तहरूबाट भनेजस्तो सहयोग प्राप्त हुन सक्दैन । कडा मिहिनेतका कारण गुमेको प्रतिष्ठा पुनः प्राप्त गर्न सकिने छ । नचाहेको क्षेत्रमा विभिन्न जिम्मेवारी वहन गर्दै दौडधूप गर्नु पर्ने दिन छ । सुरुमा दिक्क र झर्को लाग्दो महसुस भए पनि अन्त्यमा सफलता नै मिल्नेछ । तर सचेत रहनु होला, सामान हराउने वा प्रतिफल नआउने क्षेत्रमा धनखर्च हुनसक्छ । अचल सम्पत्तिको कारोबार गर्दा सामान्य रूपमा फाइदा लिन सकिने छ । बन्दव्यापारका क्षेत्रमा झिनामसिना समस्या देखिन सक्छन् । घरायसी समस्यामा समय व्यतीत हुनसक्छ । मनोरञ्जन वा खेलवाडबाट टाढा बस्नु जायज हुनेछ ।
शुभरङ्ग : कालो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : कलेजी
अशुभ अङ्क : ५
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ कुलदेवताभ्यो नमः
न्यूनतम जापसङ्ख्या : २३
के गर्ने : जग्गाजमिन र घरायसी बन्दोवस्तीको प्रयास
के नगर्ने : अल्छीपन र अकर्मण्यता

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

मद्दत लिन चाहनेको सेवा गर्ने अनुकूलता मिल्नेछ । पारिवारिक सम्बन्धमा आत्मीयता बढ्ने छ । जीवनसाथी वा बालबच्चासँग भावना बुझ्ने प्रयास हुनेछन् । अभिभावक वा इष्टमित्रको शुभकामना र सहयोग प्राप्त हुनेछ । प्रयास गरेका काममा शुभफल प्राप्त हुनेछ । गरेका काममा भाग्यले साथ दिनेछ । धार्मिक, सामाजिक वा सांस्कृतिक काममा रुचि बढ्ने छ । सामाजिक यश, सम्मान र प्रतिष्ठामा बृद्धि हुनेछ । रोकिएका काम सजिलै सम्पन्न हुनेछन् । आस मारेको काम पनि पूरा गर्ने साहस र हिम्मत पलाउने छ । विगतको परिश्रमको समुचित मूल्याङ्कन हुनेछ । नसोचेको ठाउँबाट आर्थिक लाभ हुनसक्छ ।
शुभरङ्ग : गाढा पहेंलो वा केशरी
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : धर्मराज
अशुभ रङ्ग : चम्किलो/उज्यालो
अशुभ अङ्क : ४
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ धर्मराजाय नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : धार्मिक, सामाजिक र परोपकारी काम
के नगर्ने : अपमान

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

प्रेमसम्बन्धमा निरसता छ । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । स्वास्थ्यप्रति पनि सचेत हुनुहोला । आठौं घरमा रहेको चन्द्रमाको प्रभावले किसिमकिसिमका समस्याहरू निम्त्याउनसक्छ, झैझगडा र मुद्दामामिलाभन्दा टाढै बस्नु उचित हुनेछ । यात्रा घातक बन्न सक्छ, लामो दूरीको यात्रा प्रारम्भ गर्नु हुँदैन । तपार्इंको व्यक्तिगत दृष्टिकोण उल्टो हुने देखिन्छ, बोले/भनेको कुराले विपरीत अर्थ प्रदान गर्न सक्छ । धन, धर्म र भाग्यमा हानी पुग्ने सम्भावना छ । गर्नु नपर्ने काम पनि बढी समय लगाएर गर्नु पर्ला । अप्रिय समाचार सुन्नु पर्दा मन खिन्न हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।
शुभरङ्ग : नीलो
शुभअङ्क : ८
शुभदिशा : उत्तर
इष्टदेवता : भगवान् महादेव
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ३
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ मृत्युञ्जयाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : आवेग, संवेग, रिसराग र क्रोधमा नियन्त्रण
के नगर्ने : सट्टापट्टा र जोखिमपूर्ण काम

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

बन्दव्यापारमा ठूलो उपलब्धी लिन सकिने समय त छैन, तर आर्थिक बलियै देखिन्छ । हाँसखेल, भ्रमण र मनोरञ्जनको इच्छा जाग्ने छ, तर कामको चाप र धनको अभावले निराशा हुनसक्छ । यात्रामा सावधानी अपनाउनु होला, नत्र नरमाइलो बन्नसक्छ । घरपरिवारमा मतभिन्नता बढ्न सक्छ । रसरङ्ग र मनोरञ्जनको चाहना पूर्ण गर्ने समय आएको छ । तर कामधन्दा र व्यववायको चापले गर्दा प्रणयप्रसङ्ग र दाम्पत्य सम्बन्धमा सामान्य चिसोपन देखिन सक्छ वा पति/पत्नी वा प्रेमी/प्रेमिकाको स्वास्थ्यस्थिति सन्तोषजनक नहुने सम्भावना छ । चिडचिडेपन, दिकदारी र झर्कोफर्को बढ्ने सङ्केत देखिन्छ, सचेत रहनु होला ।
शुभरङ्ग : हलुका रातो
शुभअङ्क : ७
शुभदिशा : पश्चिम
इष्टदेवता : राधाकृष्ण
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : २
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कामदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : पति/पत्नी र प्रेमी/प्रेमिकाको भावनालाई बुझ्ने प्रयास गर्ने
के नगर्ने : कामुकता

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सहयोगी हातहरू पछि हट्न सक्छन् । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । भोगविलासमा आकर्षण बढ्न सक्छ, विलासिता र मनोरञ्जनका लागि समय र धन खर्च हुनसक्छ । तर्क, विवाद र झैझगडाबाट टाढा रहनु राम्रो हुन्छ । छरछिमेकमा असामञ्जस्य बढ्ने छ । अनावश्यक र दिक्कलाग्दो यात्रा हुनसक्छ । स्वास्थ्य कमजोर छ । बन्दव्यापारमा समेत सोचेजस्तो लाभ हुँदैन । ऋणसापटी लिनदिन आजको दिन अनुकूल छैन । पारिवारिक जीवन निराशापूर्ण रहने छ । त्यसैले छैटौं भावमा रहेको चन्द्रमाको प्रतिकूलता हटाउन आज जे गरे पनि आमा वा मामाको आशीर्वाद लिई काम गर्नु राम्रो हुनेछ ।
शुभरङ्ग : सेतो वा घुर्मैलो
शुभअङ्क : ६
शुभदिशा : दक्षिण
इष्टदेवता : विष्णु भगवान्
अशुभ रङ्ग : सुन्तले/गुलाबी
अशुभ अङ्क : १
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ धन्वन्तरीदेवाय नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : कुरा काट्ने र प्रतिद्वन्द्वीसित सतर्क रहने
के नगर्ने : मुद्दामामिला र झैझगडा

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

बुद्धिपक्ष र प्राज्ञिक क्षेत्रमा राम्रो छ । पठनपाठन र बौद्धिक गतिविधिका कारण मानसम्मान र प्रतिष्ठामा बढोत्तरी हुनेछ । अध्ययन, अध्यापन र लेखनकार्यमा उच्च सफलता प्राप्त हुनेछ । बौद्धिक क्रियाकलापप्रति झुकाव बढ्ने छ । व्यावहारिक र प्राविधिक काममा विशेष सफलता प्राप्त हुनेछ । भाइबहिनी र छोराछोरीले सहयोग गर्नेछन् । सन्ततिपक्षबाट खुसीको समाचार प्राप्त हुने छ । आफन्तले तपाईंको प्रशंसा गर्नेछन् । मन प्रफुल्ल र उत्साही बन्ने छ । घरपरिवारमा रमाइलो जमघट हुने छ । तपाईंले गर्न लागेको काममा सबैले साथ दिनेछन् र साँझमा दिनभरिका क्रियाकलापको लेखाजोखा गर्न मन लाग्नेछ ।
शुभरङ्ग : आकासे
शुभअङ्क : ९
शुभदिशा : पूर्व
इष्टदेवता : सरस्वती माता
अशुभ रङ्ग : कालो
अशुभ अङ्क : ३
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ वाग्देव्यै नमः
न्यूनतम जापसङ्ख्या : ०७
के गर्ने : आध्यात्मिक वा दार्शनिक विषयको ज्ञान लिने
के नगर्ने : अहङ्कार

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

चौथो घरको चन्द्रमाले मानसिकतामा थोरै विचलन ल्याए पनि प्रणयसम्बन्ध र प्रेमको वातावरण बन्नेछ । सन्तति पक्षको साथसहयोग प्राप्त हुनेछ । घरायसी सुखको अनुकूलता हुनेछ । नातागोता र आफन्तजनसँग भेटघाटको योग छ । दीर्घकालिक प्रतिफल प्राप्त हुने क्षेत्रमा धन लगानीको सम्भावना छ । आफन्त, नातागोता वा घरपरिवारबाट आवश्यक सहयोग प्राप्त हुनेछ । परिश्रम गरेबमोजिम आम्दानी र प्रतिष्ठा प्राप्त हुनेछ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिको सल्लाह र परामर्श प्राप्त हुनाले रोकिएको काम बन्ने समय छ । मन बढ्ने योग छ र सामाजिक मर्यादामा प्रतिष्ठा प्राप्त हुनेछ ।
शुभरङ्ग : कलेजी
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : अष्टमातृका
अशुभ रङ्ग : गाढा नीलो
अशुभ अङ्क : २
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ अष्टमातृकाभ्यो नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : आमाको वा बृद्ध स्त्रीको आशीर्वाद ग्रहण गर्ने
के नगर्ने : लोभ र मोह

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

सामाजिक काममा संलग्न हुनुपर्ला । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । आम्दानीमा कमी आउने छैन । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुनसक्छ । परोपकारी काममा दिलचस्पी बढ्न सक्छ । दिदीबहिनी वा कुटुम्बका काममा सघाउनु पर्नेछ । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । प्रतिष्ठा बृद्धि गर्ने समय चल्दैछ ।
शुभरङ्ग : हरियो
शुभअङ्क : ३
शुभदिशा : पश्चिम
इष्टदेवता : गणेश
अशुभ रङ्ग : गुलाबी वा सिन्दूरे
अशुभ अङ्क : १
अशुभ दिशा : दक्षिण
कार्यसिद्धि मन्त्र : ॐ कार्यविनायकाय महागणाधिपतये नमः
न्यूनतम जापसङ्ख्या : ०८
के गर्ने : परोपकारी र सामाजिक काममा मन दिने
के नगर्ने : दुःखीको अपमान

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

नचिताएको ठाउँबाट धनलाभको सङ्केत छ । सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । परिवारमा ठूलो जमघट वा कुनै धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले तपाईंको विचारको कदर गर्नेछन् । स्वास्थ्यस्थिति सन्तोषजनक रहनेछ । बन्दव्यापार फस्टाउने योग छ ।
शुभरङ्ग : सेतो
शुभअङ्क : २
शुभदिशा : दक्षिण
इष्टदेवता : लक्ष्मी माता
अशुभ रङ्ग : पहेंलो
अशुभ अङ्क : ९
अशुभ दिशा : पूर्व
कार्यसिद्धि मन्त्र : ॐ सिद्धिलक्ष्म्यै नमः
न्यूनतम जापसङ्ख्या : ११
के गर्ने : चेलीबेटी र कुटुम्बसँग नम्र व्यवहार गर्ने
के नगर्ने : फजुल खर्च

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । मन उत्ताउलो, भावुक र चञ्चल बन्नसक्छ । आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । नौलो र रमणीय स्थानको यात्रा पनि हुनसक्छ ।
शुभरङ्ग : गुलाबी
शुभअङ्क : १
शुभदिशा : पूर्व
इष्टदेवता : हनुमान्
अशुभ रङ्ग : हरियो
अशुभ अङ्क : ८
अशुभ दिशा : उत्तर
कार्यसिद्धि मन्त्र : ॐ अं अङ्गारकाय नमः
न्यूनतम जापसङ्ख्या : १०
के गर्ने : नैराश्यभाव त्याग गर्ने
के नगर्ने : कल्पनामा र भावनामा डुब्ने काम

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

व्ययस्थानमा चन्द्रमा रहे पनि शुभ ग्रहको प्रभावले सरकारी, प्रशासनिक वा अड्डाअदालतमा विचाराधीन रहेका विषयबाट लाभ लिन सकिने छ । प्रेम सम्बन्धमा आएको तिक्तता हटाउने प्रयास हुनेछ । ढिलै भए पनि काम सम्पन्न हुनेछ । लामो दूरीको वा दुरदराजको यात्राबाट लाभ लिन सकिन्छ । छिटो समाप्त हुने कुनै काममा लगानीको समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । धैर्य र संयम भई अघि बढ्दा सफल हुने दिन छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिने छ । पारमार्थिक वा सामाजिक काममा धनव्यय हुने सम्भावना पनि छ । बन्दव्यापारमा सामान्य छ ।
शुभरङ्ग : बैजनी वा पहेंलो
शुभअङ्क : ४
शुभदिशा : उत्तर
इष्टदेवता : कुल/पितृदेवता
अशुभ रङ्ग : हरियो/चम्किलो
अशुभ अङ्क : ७
अशुभ दिशा : पश्चिम
कार्यसिद्धि मन्त्र : ॐ बृं बृहस्पतये नमः
न्यूनतम जापसङ्ख्या : १९
के गर्ने : खर्र्चमा नियन्त्रण
के नगर्ने : विलम्ब र ढिलासुस्ती

(द्रष्टव्य : आज उल्लेख गरिएको राशिफल असल वा खराब जेजस्तो भए पनि तपाईंले आफ्नो कामप्रति निष्ठा जनाउनु पर्दछ, कर्तव्यपालना गर्नु पर्दछ र परोपकारी/सामाजिक भावना राख्नु पर्दछ, यसो गर्नुभएमा अनिष्ट नाश हुन्छ वा न्यूनीकरण हुनेछ र राम्रो राशिफल छ भने अझ धेरै शुभफल प्राप्त हुनेछ ।)
ज्योतिष कृष्णप्रसाद कोइरालाद्रारा लिखित राशिफल र साथमा बिबिध जानकारीको सम्पर्क नम्बर ९८५२०५९७६४/९८१४३४८१११  www.jyotishsathi.com

0 Shares
Share
Tweet
WhatsApp
Vibe

भगवानको शक्ति यस्तो रोग निको हुने अलौकीक ठाउ भेटियो म्याग्दीमा

Generic selectors
Exact matches only
Search in title
Search in content
Search in posts
Search in pages
ScotNepal.Com
 
ScotNepal.Com
Public group · 7,683 members
Join Group
यस ग्रुपमा हुनु भएका सम्पूर्ण मेम्बरहरुले पोस्ट गर्दा बिसेष गरि अपच सब्द , हेर्न नालायक तस्बिर शेर नगर्न हुन् हार्दिक अनुरोध गर्दछौ । www.scotnepal.co...
 
  • ताजा
  • मुख्य
  • लोकप्रिय

अन्तत: रं,गेहात भेटिएका जेठाजु बुहारीलाइ प्रहरीले

3 मिनेट अगाडि

अभियान क्लाईमेक्स: जयनन्दलाई कुटे, दिनेशले गरे

1 घण्टा अगाडि

बाउआमा निकाल्ने डाक्टरबारे बहिनीको डरलाग्दो खुलाशा,

1 घण्टा अगाडि

झापामा आफ्नै भाइको श्रीमती संग दाइलाई

2 घण्टा अगाडि

गायिका शान्ती श्री परियार को आवाजमा

3 घण्टा अगाडि

२ महिना यताकै महँगोमा कारोबार हुँदै

6 घण्टा अगाडि

श्रीमती विदेश पठाएर नेपालमा मोजमस्ती, नगद

6 घण्टा अगाडि

जन्मदिने आमाबारे सचिन परियारको डरलाग्दो खुलाशा,

6 घण्टा अगाडि

अन्तत: रं,गेहात भेटिएका जेठाजु बुहारीलाइ प्रहरीले

3 मिनेट अगाडि

अभियान क्लाईमेक्स: जयनन्दलाई कुटे, दिनेशले गरे

1 घण्टा अगाडि

बाउआमा निकाल्ने डाक्टरबारे बहिनीको डरलाग्दो खुलाशा,

1 घण्टा अगाडि

झापामा आफ्नै भाइको श्रीमती संग दाइलाई

2 घण्टा अगाडि

गायिका शान्ती श्री परियार को आवाजमा

3 घण्टा अगाडि

२ महिना यताकै महँगोमा कारोबार हुँदै

6 घण्टा अगाडि

श्रीमती विदेश पठाएर नेपालमा मोजमस्ती, नगद

6 घण्टा अगाडि

जन्मदिने आमाबारे सचिन परियारको डरलाग्दो खुलाशा,

6 घण्टा अगाडि

अन्तत: रं,गेहात भेटिएका जेठाजु बुहारीलाइ प्रहरीले

3 मिनेट अगाडि

अभियान क्लाईमेक्स: जयनन्दलाई कुटे, दिनेशले गरे

1 घण्टा अगाडि

बाउआमा निकाल्ने डाक्टरबारे बहिनीको डरलाग्दो खुलाशा,

1 घण्टा अगाडि

झापामा आफ्नै भाइको श्रीमती संग दाइलाई

2 घण्टा अगाडि

गायिका शान्ती श्री परियार को आवाजमा

3 घण्टा अगाडि

२ महिना यताकै महँगोमा कारोबार हुँदै

6 घण्टा अगाडि

श्रीमती विदेश पठाएर नेपालमा मोजमस्ती, नगद

6 घण्टा अगाडि

जन्मदिने आमाबारे सचिन परियारको डरलाग्दो खुलाशा,

6 घण्टा अगाडि

MUST VISIT

Popular Posts

अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)अकला मन्दिरमा राति शंखघण्ट आफै बज्नु, दिनमा भक्तजनहरु दर्शन गर्न आउँदा घण्ट आफै हल्लिनु ! दैविक शक्ति (भिडियो सहित)167K Total Shares
जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)जय पाथिभरा माता सबैको कल्याण गर्नुहोस ! भगवानको शक्ति छ यो ठाउमा , १० बर्ष देखी पालेको रोग चवाटटै भयो (भिडियो सहित)118K Total Shares
कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !कुनै पनी केटालाई सामाजीक संजालबाट चिनेकै भरमा विश्वास गरी आफ्नो इज्जत लिलाम नगर्नुस् दिदीबहिनीहरु !102K Total Shares
आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !आजको राशिफल फागुन १२ गते बुधबार : पाथिभारा माताले सबैको कल्याण गरुन हेर्नुहोस र शेयर गर्नुहोस !78K Total Shares
जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)जे बर मागे पनि पुग्ने, यो कस्तो अनौठो शक्ति! एकपटक पुग्नै पर्ने दर्शनको लागी! पुग्न न सके एक शेयर अबश्य गर्नु होला ! (भिडियो सहित)70K Total Shares
हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !हेर्नुहोस् मंसिर २५ गते बिहिबारको राशिफल – पाथिभारा माताले सबैको कल्याण गरुन !66K Total Shares
असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !असार ३ गते बुधबारको राशिफल हेर्नुहोस् , पाथीभारामाताले सबैको कल्याण गरुँन !63K Total Shares
आज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंआज बि.सं. २०७७ वैशाख १५ गते सोमबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं63K Total Shares
बि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ साल जेष्ठ जेष्ठ ८ गते बिहिबार पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares
बि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौंबि.सं. २०७७ नया बर्ष वैशाख ९ गते मंगलबारको पञ्चाङ्ग र राशिफलसँगै पाथिभारा माताको दर्शन गरौं61K Total Shares

सम्बन्धित समाचारहरु

  • आजको राशिफल बि.सं. २०७८ साल बैशाख ४ गते शनिवार :...

  • आजको राशिफल बि.सं. २०७८ साल बैशाख ३ गते शुक्रवार :...

  • आजको राशिफल बि.सं. २०७८ साल बैशाख ३ गते शुक्रवार :...

  • दक्षिणकाली माताले सबैको कल्याण गरुँन ! बैशाख २ गते बिहिबारको...

  • २०७८ सालको बार्षिक राशिफल

  • आजको राशिफल बि.सं. २०७८ साल बैशाख २ गते बिहीवार :...

हाम्रो टिम

प्रधान सम्पादक

- टिका अधिकारी

फोटो/भिडियो

- टिका अधिकारी (युके)
- कमल खत्री (गुल्मी)

लेखक

-विजय थापा (अमेरिका)
-दीपशिखा शर्मा (काठमाडौँ)
-जगन कार्की (युके)

सहयोगी

- शिव भण्डारी (लन्डन)
- आङ कामी शेर्पा (अमेरिका)
- केश बहादुर कार्की (अमेरिका)

संवाददाता

-बिजय डंगोल (स्कटल्याण्ड)
-सुदीप गौतम (बुटवल)
-रविलाल पौडेल (गुल्मी)
-कर्ण बहादुर अधिकारी (मकाउ चीन)

मनोरंजन/लोक दोहरी

- निलमनी भण्डारी (काठमाडौँ)
- प्रमिला राइ (काठमाडौँ)

प्रस्तोता / उद्घोषक

- प्रेणा केसी (बुटवल)
- शितल शर्मा (काठमाडौँ)

Contact US

NEPAL ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered No : 191390/74/075

3 Anam Nagar, Kathmandu

+9779841309833

admin@scotnepal.com

UK ADDRESS

ScotNepal Media House Pvt Ltd

Registered in England,

Registered No.

11568686

Registered Address:

Unit 1, 58 Plumstead High Street LONDON SE18 1SL

Follow Us


विज्ञापनको लागि
9841309833
+447828905018
scotnepalonline@gmail.com
स्कटनेपाल मिडियाहाउस प्राली द्वारा संचालित

© Copyright 2021, ScotNepal Media House Pvt Ltd All Rights Reserved Designed By: Tech-Info Nepal
This website uses cookies
This website uses cookies to improve your experience. We'll assume you're ok with this, but you can opt-out if you wish.Accept Reject Read More
Privacy & Cookies Policy

Privacy Overview

This website uses cookies to improve your experience while you navigate through the website. Out of these, the cookies that are categorized as necessary are stored on your browser as they are essential for the working of basic functionalities of the website. We also use third-party cookies that help us analyze and understand how you use this website. These cookies will be stored in your browser only with your consent. You also have the option to opt-out of these cookies. But opting out of some of these cookies may affect your browsing experience.
Necessary
Always Enabled

Necessary cookies are absolutely essential for the website to function properly. This category only includes cookies that ensures basic functionalities and security features of the website. These cookies do not store any personal information.

Non-necessary

Any cookies that may not be particularly necessary for the website to function and is used specifically to collect user personal data via analytics, ads, other embedded contents are termed as non-necessary cookies. It is mandatory to procure user consent prior to running these cookies on your website.

SAVE & ACCEPT