प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा शक्तिशाली बिस्पोट

कालिकोटमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रमलाई लक्षित गरी शक्तिशाली बम बिस्पोट भएको छ ।

बिहिबार बिहानै नेपाली काँग्रेस कालिकोटले कोटबाडा रहेकाे सुन्थराली विमानस्थलमा आयोजना गरेको कार्यक्रमस्थलबाट करिब ३० मिटरको दुरीमा उक्त बिस्पोट भएको त्यहाँबाट इमान्दार मिडिया सहकर्मी अनिस बुढाले बताएका छन् ।

प्रधानमन्त्री देउवा सवार हेलिकप्टर लेण्ड हुने क्रममा उक्त बिस्पोट भएको स्थानीयवासीले बताएका छन् । ‘प्रधानमन्त्री ज्यु पुग्नै लाग्दा ठुलो आवाजमा बम पड्कियो, एक जना पत्रकार बैनी त ऐया मरे ! भन्दै उता दौडिनु भयो ।’ इमान्दार मिडियासँगको टेलिफोन सम्पर्कमा आएका ति स्थानीयले भने -‘हामी अहिले घर आइसक्यौ, प्रधानमन्त्री जु भाषण गर्दै हुनुहुन्छ ।’

बिस्पोटपछि त्यहाँको अवस्था केहि समय तनावग्रस्त बनेको थियाे । बिस्पोट कसले र किन गराएको भन्ने बारेमा केहि जानकारी प्राप्त भएको छैन । कालिकोटमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्न प्रधनमन्त्री देउवा बिहानै कोटबाडा पुगेका हुन् ।

प्रधानमन्त्री देउवा शकुसल छन् । उनले उक्त सभालार्इ सम्बाेधन समेत गरेका छन् । बिस्पोटलगत्तै ब्यापक प्रहरी परिचालन गरिएको छ । स्थानीयहरु त्रसित बन्दै घरतर्फ लागेका छन् ।

 

(इमान्दारमिडिया)