छोराको निधनले विछिप्त बनेकी प्रचण्डपत्नी सीता दाहालको अवस्था के छ ? पुरा जानकारी सहित

काठमाडौं ।

सन्तान सबै बाउआमालाई अति नै प्रिय हुन्छन । चाहे त्यो सन्तान अशल होस् या खराब । सन्तान वियोगमा सबैभन्दा बढी पिडाबोध हुने भनेकै बाउआमालाई नै हाे तर अझ यी दुईमा पनि भावनात्मक रुपमा हेर्ने हो भने आमालाई अझै असह्य हुन्छ ।

१० महिना आफ्नो गर्भमा राखेर यो संसार देखाउने आमाको सन्तानलाई मृत्युले अचानक चुडेर लैजाँदा पिडाको सीमा असिमित नै हुन्छ ।

यस्तै पिडामा छिन अहिले प्रचण्डपत्नी सिता दाहाल । प्राणभन्दा प्यारो छोरा प्रकाशको निधनपछि असामान्य बनेकी आमा सीता दाहाल ।

शनिबार आफ्नै हातले जाउलो खुवाएर ओछ्यानमा सुताएर आइतबार बिहानै छोराको शब मात्रै देख्दा उनि लगभग अचेत अवस्थामा थिइन् ।

उनि आइतबार छोरालाई हस्पिटल पुर्याएपछि कतै निस्किन सक्ने अवस्थामा रहिनन । तर सोमबार भने उनले आफुलाई आफैले सम्हाल्ने कोशिस गरेकी छिन ।

सोमबार बिहानै प्रचण्ड परिवारलाई समवेदना दिन पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीसहितको टोलीसँगै पुगेकी ओली पत्नी राधिका शाक्यसँग देखिइन् ।

अध्यक्ष ओलीसँगै बरिष्ठ एमाले नेताहरु माधव नेपाल पनि प्रचण्ड निवास पुगेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवापनि सँगै जस्तो त्यहाँ पुगेका थिए ।

पुत्र प्रकाशको वियोगको पिडालाई उनले नियतिले दिएको चोट सम्झिदै भेटघाटमा निश्किन थालेकी हुन् । सोमबार उनको अवस्था अलिकति सहज देखेर प्रचण्ड पनि केहि हदसम्म आफुलाई सम्हाल्नसक्ने अवस्थामा देखिएका छन ।

प्रकाशको आइतबार बिहानै हृदयघातका कारण निधन भएको थियो । उनको आइतबार नै पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ ।

इमान्दारमिडिया