सम्झना मा प्रचण्डपुत्र प्रकाश दाहाल को केहि हेर्नैपर्ने उनका उत्कृस्ट तस्बिर

मंसिर, काठमाडौं । प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो ।

दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

अस्पतालमा अहिले सुरक्षा अधिकारीहरु तथा सर्वसाधारणको भिड लागेको छ ।
दाहाललाई आइतबार बिहान पाँच बजेतिर अचेत अवस्थामा अस्पताल ल्याइएको थियो । झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड आजै हेलिकोप्टरबाट काठमाडौं फर्किँदैछन् । चितवनबाट दाहालकी दिदी रेणु र परिवारका अन्य सदस्यहरु पनि काठमाडौं आउँदैछन् ।
सधैं प्रचण्डसँगै जाने गरेका उनी झापा नगई मलाई सन्चो छैन भनेर चितवनबाट काठमाडौं आएका थिए । उनी काठमाडौंमा आमासँग बसेका थिए ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्र प्रकाश दाहाललाई हर्ट अट्याक (हृदयघात) भएको छ । उनलाई अहिले काठमाडौंको नर्भिक अस्पतालमा भर्ना गरिएको छ । अस्पताल स्रोतका अनुसार अनको अवस्था गम्भीर रहेको छ ।
प्रकाशलाई विहान ५ बजेतिर हर्ट अट्याक भएको थियो । घरमै अचेत भएका उनलाई विहानै अस्पताल ल्याइएको थियो ।
छोरा प्रकाशलाई हर्ट अट्याक भएको खबर पाएलगत्तै झापामा रहेका माओवादी अध्यक्ष प्रचण्ड सबै कार्यक्रम स्थगित गरेर काठमाडौं फर्किदैँछन् । प्रचण्डले आज पूर्वाञ्चलमा आयोजना हुन वाम गठवन्धनका संयुक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो ।
प्रकाशकी पत्नी बिना मगर भने कञ्चनपुरमा छिन् । उनी कञ्चनपुर क्षेत्र नम्बर १ बाट प्रतितिनिधिसभा सदस्यकी उम्मेदवार हुन् । (voiceofnepal)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.