प्रकाश दाहाल अस्ताउँदा अंगालो मार्दै डाको छोडेर रोए प्रचण्ड-बाबुराम

प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथिल्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे ।

भेट हुनासाथ प्रचण्ड र बाबुरामले घ्वाप्लाक्क अंकमाल गरे । र, क्वाँ क्वाँ रोए । भट्टराई र प्रचण्ड एकले अर्कालाई देख्नासाथ रुन थालेका थिए ।

प्रचण्ड र बाबुराम अंकमाल गरेर रोइरहँदा माओवादीका बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि शोकाकूल मुद्रामा त्यहीँ उपस्थित थिए । शोकाकुल घडीमा देखिएको यस्तो दृश्यलाई कसैले क्यामेरामा कैद गर्न भने सकेन ।

आइतबार बिहानै यो संसार छोडेका प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए ।

दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।

(इमान्दारमिडिया)
समाज र देशको लागि केही छोडेर गएका छौ भने अवश्य ईतिहासले तिमीलाई अमर बनाउनेछ..

प्रचण्ड बाबुरामलाई धरधरी रुवाइन दिपाले भिडियो