धूँवाको मुस्लोसँगै यसरी अस्ताए प्रकाश, रुदैं विदाई गरे प्रचण्डले ( मन थाम्न नसक्ने भिडियो)

पुष्पकमल दाहालका छोरा प्रकाशको मृत्यु अस्पताल ल्याउनु अगावै भईसकेको उनी निटकले जनाएका छन् । थापाथलीस्थित नर्भिक अस्पताल ल्याउँदा प्रकाशको चेत थिएन । राति आमा सीताले जाउलो खुवाएर कोठामा छाडी सुत्न गएकी थिइन् । बिहान उठेर बोलाउँदा नबोलेपछि प्रकाशलाई अस्पताल पुर्‍याइएको थियो ।
प्रकाश तीन दिनदेखि लाजिम्पाटमा आमासँगै बस्दै आएका थिए। शारीरिक रुपमा अस्वस्थ भएपछि बाबु पुष्पकमल दाहाललाई छाडेर उनी काठमाडौं फर्किएका थिए।

अस्पतालमा पुगेका एक प्रहरी अधिकृतका अनुसार प्रकाशको नाकबाट हल्का रगत बगेको थियो।‘ अस्पतालले ब्रेन हेम्म्रेज हो वा हृदयघातबाट मृत्यु भएको हो नखुलाइसकेकाले मृत्युको कारण यही हो भन्ने अवस्था छैन, ती अधिकृतले भने ।प्रकाश शनिबार राति आठ बजेसम्म पनि साथीहरुसँग सम्पर्कमा रहेको पारिवारिक स्रोतले जनाएको छ । एक आफन्तले भने,‘ हिजो राति पनि फोनमा कुरा भएको थियो, स्वास्थ्य ठीक छैन भन्दै गुनासो गरिरहेका थिए ।’

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=9_dSQT3kZ_c]

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.