नविना लामा गर्जिन काभ्रेको डाडाँपारी चार किल्ला गाउँमा … काग्रेसलाई लखेट्नु पर्छ – भिडियो-सहित

काभ्रे। अनेरास्ववियुकी अध्यक्ष नविना लामाले काभ्रे जिल्लालाई वाम गठबन्धनको लाल किल्ला भनेकी छन् ।

आगामी मंसिर २१ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी प्रचार प्रसारमा काभ्रेको डाडाँपारी चार किल्ला गाउँमा गरिएको सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘काभ्रे लाल किल्ला हो, र यसमा कसैले डाहा नगरे हुन्छ। कम्युनिष्ट भनेको पैसामा बिक्ने होइन् विचारलाई मान्ने हो ।’

उनले काभ्रेमा बाम गठबन्धनको जीत निश्चित भएपछि काग्रेस आतिएको आरोप समेत लगाइन् । उनले भनिन्, ‘काग्रेसले गुण्डालाई चुनाव लडाएर जीत ने आशा नराखे हुन्छ ।’

(इनेपालीन्युज डट बाट)