नेपाली अभिभावकहरुको मिलनस्थल मिलन पार्कमा मेरिबेक काउन्सिलद्धारा सेड निर्माण

२२ मार्च, मिलन पार्क, मेलबर्न: अस्ट्रेलियाको मेलबर्नको ग्लेनरोयस्थित ATC Crooks Reserve लाई मिलन पार्क नामद्धारा चिनिने गरिन्छ । नेपालबाट मेलबर्न आएर बसोबास गर्नेहरुको अभिभावकहरुको संस्था ‘मिलन पार्क आमा बुवा मेलबर्न’ द्धारा उक्त स्थानमा मेरिबेक काउन्सिलद्धारा नेपालीहरुको समस्यालाई मध्यनजर गरी घाम-पानीबाट जोगिने एउटा सेडको निर्माण गरिदिएको सेडको सांसद क्याथिन म्याथ्यु वार्ड र मेरिबेक सिटि काउन्सिलका काउन्सिलर मोनिका हार्टेले सन्युक्त रुपमा रिबन काटेर तथा सो पार्कका नेपाली अबिभाबक समितिका अध्यक्ष गोबिन्द सिंह भण्डारी र जेष्ठ सदस्य घननाथ पराजुलीले पानसमा बत्ती बालेर उद्घाटन गरिएकोछ ।

नेपालीहरुलाई लामो समयदेखि निरन्तर सहयोग गर्दै आउने काउन्सिलर सु बोल्टनको पनि उक्त कार्यक्रममा उपस्थिति थियो ।

सेड निर्माणार्थ डा. जमुना पराजुलीको महत्त्वपूर्ण र संयोजनकारी भूमिका छ ।

सोही कार्यक्रममा नेपाली अबिभाबक समितिका अध्यक्ष गोबिन्द सिंह भण्डारीलाई मेरिबेक काउन्सिलले Heritage and local history reference group को सल्लाहकार सदस्यको रुपमा नियुक्त गरेको छ ।

बिपुल ज्ञवाली र जमुना पराजुलीद्धारा सन्चालित उक्त कार्यक्रममा करिब २०० को उपस्थिति रहेको उक्त कार्यक्रमको शुरुमा नेपाली रास्ट्रिय गीत “नेपाली हामी रहौला कहाँ नेपालै नरहे” गाइँदा दुबै देशका रास्ट्रिय झण्डा फहराइएको थियो भने नेपाली आमाहरुको सामूहिक नृत्य प्रस्तुत गरिएको थियो ।