अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सवमा नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रबर्द्धन (भिडियोहरु सहित )

२४ फरवरी, जिलोङ, अस्ट्रेलिया । अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा १ लाखभन्दा बढीको सहभागिता हुने र झन्डै १०० देशको सहभागिता रहने अस्ट्रेलियाकै ठूलो बहुसांस्कृतिक महोत्सवमध्येको रुपमा मानिने पाको फेस्टामा नेपाली समुदायले नेपाललाई वुद्ध र सगरमाथाको देशको रुपमा प्रबर्द्धन गरेका छन ।

सन् १९८३ बाट सुरू भएको बहुसांस्कृतिक महोत्सव पाको महोत्सबमा ग्रेटर जिलोङ नेप्लिज कम्युनिटिले नेपाललाई वुद्ध र सगरमाथाको देश र बहुभाषिक/बहुसांस्कृतिक देशको रुपमा प्रस्तुति र प्रबर्द्धन गरेको हो ।

नेपालीको बसोबास अत्यन्तै न्यून रहे पनि एक लाखभन्दा बढीको जन सहभागिता हुने महोत्सवमा नेपालको कला र संस्कृति प्रवर्द्धनको गर्न भन्दै लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठको पहलमा सन् २०१३ मा पहिलो पटक महोत्सवमा नेपाली सहभागी रहेको थियो र त्यसपस्चात यस्मा निरन्तर रुपमा सहभागिता जनाउँदै आएको छ ।

पहिलो वर्षमा नै महोत्सवमा नेपाल झल्काउने पहिरन, नेपाली झन्डा, ब्यानरसहितको परेड र स्टलमा नेपाललाई बुद्ध र सगरमाथाको देशको रुपमा चिनाउने काम मात्रै भएन नेपाललाई कुमारीको देशको रुपमा समेत चिनाउने काम भएको थियो । बिभिन्न समुदायका बीच गएर नेपाली समुदायले नेपालको परिचय दिने काम गरेको थियो ।

नेपाली समुदायको सहभागितामा भारतिय र बर्मेली मूलका सदस्यको पनि उपस्थिति थियो ।

कार्यक्रममा मेहेक अधिकारीद्धारा ‘दिनदिनै भेट्नलाई आउँदिन्न’ गीतमा नृत्य प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष डा सन्तोष पाण्डेले महोत्सबमा प्रत्यक्ष परोक्ष रुपमा सहयोग गरेर नेपाललाई महोत्सब मार्फत चिनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिंदै सहयोगअका लागि आभार प्रकट गरे ।

यस वर्ष कार्यक्रममा लुम्बिनी-कपिलवस्तु विश्व अभियानका संयोजक एवं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाजका विश्व सल्लाहकार रामकुमार श्रेष्ठ,  भिक्टोरियन बहुसांस्कृतिक आयोगका लागि बारवन साउथ वेष्ट रिजनको सल्लाहकार ज्ञानेन्द्र उप्रेती, एनआरएनए भिक्टोरियाको नारी निकुन्जका बिना अधिकारी र रेनुका पाठक, दिदी-बहिनी समाज भिक्टोरियाका तर्फबाट राज श्रेष्ठ र बर्षा केसी राजभण्डारी लगायतको उपस्थिति थियो ।

 

 

 

 

 

 

 

 

महोत्सबमा प्रदर्शन गरिएको नेपाली नाचको भिडियो: