रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाता सम्मान कार्यक्रम

सनसाइन, मेलबर्न: रोयल वेस्टर्न्स क्लबको आयोजनामा रक्तदाताहरुलाई सम्मान तथा रक्तदानसम्बन्धी वृतचित्र बिमोचन कार्यक्रम अष्ट्रेलियन रेडक्रस लाइफ ब्लडका डोनर सेन्टरका ब्यबस्थापक याण्डी विलियम्सको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । क्लबले सन २०२१ देखि विभिन्न समयमा निरन्तर रुपमा रक्तदान गर्दै १४८ जना रक्तदाताद्धारा १३० जनाले पूर्ण र १९९ जनाले प्लाज्मा दान गरी ९७८ जनाको जीवन रक्षा गर्न सफल भएको छ ।

प्रमुख अतिथि याण्डीले क्लबले निरन्तर रक्तदानको आयोजना गरी हजारौं बिरामीहरुको जीवन रक्षा गर्न सफल भएकोमा त्यस्को तारिफ गर्दै नेपाली कम्युनिटीको तर्फबाट राम्रो छाप पार्न सफल भएको बताइन ।

गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कारबाट सम्मानित गैरआवासीय नेपाली संघका सीप, ज्ञान तथा नव प्रवर्तन विभाग अन्तर्गतको नेपाल साइन्स फाउन्डेशनका संयोजक एबं अष्ट्रेलियाको सीएसआइआरओ र RMIT विश्वविद्यालय प्रमुख अनुसन्धान वैज्ञानिकको रुपमा कार्यरत डा राजु अधिकारीले रगत प्रयोगशालामा बन्ने काम नभैसकेका कारण रगतको आवश्यकता भएकाहरुको आवश्यकता पुरा गरेर जीवन जोगाउने काममा योगदान दिने रक्तदाताहरुप्रति सम्मान गरिनुपर्ने बताए ।

क्लबले सन २०२२ मा लोकल स्पोर्टिङ क्लब च्यालेन्ज प्रोग्राममा सबैभन्दा धेरै प्लाज्मा दान गरेबापत प्रमाणपत्र प्राप्त गरेको छ ।

कार्यक्रममा रोमिका राम, प्रभा श्रेष्ठ, प्रेम उप्रेती, निराजन गौली, ८१ पटक रक्तदान गरिसकेका रोशन उपाध्यायले आ-आफ्नो मन्तब्य ब्यक्त गरेका थिए ।

उक्त कार्यक्रममा क्लबका उपाध्यक्ष निर्मला शर्माको संयोजनमा NRNA Earthquake Relief Fund का लागि संकलित जम्मा रकम $७०० NRNA भिक्टोरियाका सचिव ससेंद्र गौतम केसीलाई उपाध्यक्ष शर्माले हस्तान्तरण गरिन ।

तिनकुने रेस्टुरेन्टमा आयोजित उक्त कार्यक्रममा अस्ट्रेलियन इन्टेग्रेटेड फिजियन एसोसिएसन अफ भिक्टोरिया, साउथ इष्ट सकर क्लब, मेलबर्न नेपलिज कम्युनिटी वेस्ट, न्याभ बाल चौतारी वेस्ट, एनआरएनए भिक्टोरिया, फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अस्ट्रेलिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया, दिदीबहिनी समाज भिक्टोरिया, लुम्बिनी कपिलवस्तु विस्व अभियान, अस्ट्रेलिया नेपाल पब्लिक लिंक, अष्ट्रेलियन नेपलिज मल्टिकल्चरर सेन्टर, फार वेस्टर्न नेपलिज सोसाइटी अफ भिक्टोरियाका प्रतिनिधिहरुको उपस्थिति थियो ।

कार्यक्रममा रोयल वेस्टर्न क्लबको सहकार्य रहेको लाइफ ब्लड टिमका संयोजक सुशील चालिसेको प्रस्तुति रक्तदानसम्बन्धि डकुमेन्ट्री रिलिज गरिएको थियो ।

रोयल वेस्टर्न्स क्लबका सचिब तेज कार्कीद्धारा संचालित उक्त कार्यक्रममा क्लबका उपाध्यक्ष निर्मला शर्माले स्वागत मन्तब्य, लाइफ ब्लड टिमका संयोजक सुशील चालिसेले टिमको प्रगति विवरण तथा क्लबका अध्यक्ष रोशन दाहाले धन्यबाद मन्तब्य व्यक्त गरेका थिए । रक्तदाता सम्मान कार्यक्रमलाई RCON HOMES ले स्पोन्सर गरेको थियो ।