मेलबर्नको ग्लेनरोइ पुस्तकालयमा नेपाली पुस्तक हस्तान्तरण

मेलबर्न, ग्लेनरोइ: नेपाल सरकारको सह-सचिबको जिम्मेवारी निर्बाह गरिसक्नु भएकी श्रीमति मोती शोभा श्रेष्ठद्धारा लिखित चार लघु उपन्यास लगात आधा दर्जनभन्दा बढी, हिन्दी र अंग्रेजीमा अनुवाद भैसकेको कवी चन्द्र गुरुङद्धारा लिखित कविता संग्रह र केन्पोकाइ छैटौ डान दान बहादुर घिसिङद्धारा लिखित खेल जीत मनोबिज्ञान पुस्तकहरु एक कार्यक्रम बीच पुस्तकालयलाई हस्तान्तरण गरिएको छ ।

पूर्व सह-सचिब श्रीमति मोती शोभा श्रेष्ठ कार्यक्रममा आफै उपस्थित भएका कारण आफूद्धारा लिखित सबै पुस्तक पुस्तकालयकी टिम लिडर रिता हार्डलीलाई हस्तान्तरण गरिन । उन्ले आफूद्धारा लिखित चार लघु उपन्यासहरु सत्य र आमा, आँशु, सम्झनाको डायरी र प्रकृति लगायत आधा दर्जनभन्दा बढी पुस्तकहरु हस्तान्तरण गरिन । ती पुस्तकहरुमध्ये  ३ पुस्तकहरु नेवारीमा पनि लेखिएका छन ।

अन्य दुई लेखकहरु चन्द्र गुरुङ र दान बहादुर घिसिङ नेपाल भएका कारण उहाँका तर्फबाट उहाहरुका पुस्तकहरु लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक रामकुमार श्रेष्ठले पुस्तकालयकी टिम लिडर रिता हार्डलीलाई हस्तान्तरण गरे ।

पुस्तकालयमा हस्तान्तरण गरिएको कवी चन्द्र गुरुङद्धारा लिखित नेपाली संस्करणमा ‘जब एउटा मान्छे हराउँछ’ इन्डिगो इङ्क प्रकाशन गृहले २०७९ जेठमा प्रकाशन गरेको कविता संग्रहको अंग्रेजी संस्करण ‘माइ फादर्स फेस’ रुब्रिक पब्लिसिङ, New Delhi ले र हिन्दी संस्करण ‘बुढे माझी का देश’ सर्वभाषा प्रकाशन, New Delhi ले पाठक माझ ल्याएको छ ।

केन्पोकाइ छैटौ डान, २०५४ देखि २०६५ सम्म राष्ट्रिय अन्तराष्ट्रिय फुल कन्ट्याक्ट क्युकोसिन शिन्जिन करातेमा संलग्न भै बिभिन्न पदक प्राप्त गर्ने, २०५६ देखि २०७४ सम्म साग, एशियन गेम्स लगायत बिभिन्न राष्ट्रिय अन्तरराष्ट्रिय प्रतियोगितामा प्रशिक्षकको भूमिका निर्बाह गरिसकेका दानबहादुर घिसिङद्धारा लिखित उक्त कार्यक्रमका बीच पुस्तकालयमा हस्तान्तरण गरिएको “खेल जीत मनोविज्ञान” पुस्तकको अंग्रेजी संस्करणको बिमोचन फेब्रुअरीतिर अस्ट्रेलियाबाट गरिने कार्यक्रम छ ।

उक्त कार्यक्रममा दिदी-बहिनी समाज भिक्टोरियाकी निबर्तमान अध्यक्ष डा जमुना पराजुली, डिकिन युनिभर्सिटीमा अध्यापन कार्य गरिरहेका डा अशीम श्रेष्ठ, मुक्तककार सुशिल चालिसे आदिको उपस्थिति थियो ।

नेपालीहरुको घना बस्तीको कारण नेपाली पुस्तकहरु ग्लेनरोइ पुस्तकालयलाई हस्तान्तरण गरिएको हो ।

यस अघि पनि यही पुस्तकालयमा नेपाली पुस्तकहरु हस्तान्तरण गरिएका थिए ।