लोकप्रिय गायक सुमन परियार र रेजिना परियारको नयाँ दोहोरी गीत ‘राम सिता’ बजारमा

दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार लोकप्रिय गायक सुमन परियार र लोकप्रिय गायिका रेजिना परियारको सुमधुर आवाजमा नयाँ लोक दोहोरी गीत ‘राम सिता’ बजारमा आएको छ। संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका यी दुई कलाकारले मौलिक सृजनाहरु गाउँदै आएका छन।

भख्खरै सार्वजनिक गीतमा रेजिना परियारको शब्द लय रहेको छ। गीतको भाका र स्वरमा निकै मिठासपन छाएको छ देख्न सकिन्छ। एच वि वन किस्मतले गीतको संगीत संयोजन गरेका हुन्। सुन्दा मिठो सुनिने र दर्शक श्रोताले रुचाउने अनुमान गीतलाई गर्न सकिन्छ। सुमन परियार र जुना विश्वकर्माको अभिनय रहेको भिडियोलाइ मौसम हिमालीले निर्देशन, नवराज उप्रेतिको छायांकन, अमृत चापागाईले सम्पादन गरेका हुन् भने भिडियो सुमन परियारको युटुववाट विश्वभर सार्वजनिक भएको हो।

भिडियो पुरा हेर्नुहोस्ः