श्रीकान्त रानाको ‘केही गर्नु छ देशका लागि’ बजारमा (भिडिओ)

काठमाडौं । गायक तथा सर्जक श्रीकान्त राना क्षेत्रीको ‘केही गर्नु छ देशका लागि’ बजारमा आएको छ । उनलाई सुनिला राना क्षेत्रीले गीत बजारमा ल्याउन साथ दिएका छन् ।

उनको आफ्नै ‘श्रीकान्त राना क्षेत्री’ युट्युबबाट सार्वजनिक गीतमा लय र स्वर राना आफैले दिएका छन् । उनलाई गायनमा वर्षा जेठाराले साथ दिएकी छन् । संगीत संयोजन राजेन्द्र बाजुरालीले गरेका छन्।

मालाश्री रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको गीतमा शब्द रचना श्रीकान्त राना क्षेत्री र शान्ति विष्टको रहेको छ । गीतको विशेष सल्लाहकारमा मौसम गुरुङ रहेका छन् ।

देशका लागि केही गर्ने सोच भएका युवाहरूको साथ र सहयोगबाट गीत सार्वजनिक गर्न आफूलाई सहज भएको उनले बताए ।

गीत बजारमा ल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै गीतमा समेटिएका विषयवस्तुहरूमा आफ्नो प्रतिक्रिया दिन पनि आग्रह गरेका छन् ।