तिलक बस्नेतको ‘छाती चरर’ सार्वजनिक (भिडिओ)

काठमाडौं । तिलक बस्नेतको ‘छाती चरर’ म्युजिक भिडिओ सार्वजनिक भएको छ । आइतबार रिलिज भएको गीतमा तिलक बस्नेत र शान्ति श्री परियारको स्वर रहेको छ भने शब्द र संगीत पनि बस्नेतकै रहेको छ । भिडिओको कथा तथा निर्देशन विशाल घिमिरेले गरेका छन् । गीतको एरेन्ज रमेश सेन्चुरीको रहेको छ ।

त्यस्तै, नवराज उप्रेतीको सिनेमेटोग्राफी रहेको छ भने भिडिओमा कलाकारहरु विराज बाँस्कोटा, रोश्नी कार्की र कृष्ण बस्नेतको मार्मिक अभिनय देख्न सकिन्छ ।

भिडिओमा प्रेमी प्रेमीकाबीचको बाध्यात्मक पीडालाई देखाइएको छ । माया गर्नेकै खुशीका र थप पीडा नहोस् भन्नका खातिर गरिएको कर्मले निम्त्याएको नतिजा भिडिओमा प्रस्तुत गरिएको छ । वियाेगान्त कहानीमा आधारित कथाले भावुक बनाउन सक्छ । कलाकारहरुको जीवन्त अभिनयले जोकोहीलाई पनि भावुक बनाउँछ । भिडिओ विराज बाँस्कोटाको अफिसियल युट्युब च्यानलबाट रिलिज भएको हो ।

भिडिओ