अल्डरसटमा एसियन महिला एसोसिएसन यूकेले धुम धाम नेपाली महान पर्व तीज मनायो ।

Spread the love

एसियन महिला एसोसिएसन (आमा) यूकेले नेपाली नारीको महान पर्व हरितालिका तीज पर्व धुमधाम संग मनाएको छ । कोभिड महामारीपछि आयोजित उक्त कार्यक्रममा महिलाहरुले उत्साहजनक सहभागिताको साथ खुशियाली जनाए ।

युकेको अल्डरसटस्थित एम्पायर हलमा भएको उक्त प्रोग्राम मा राजदूत पत्नी सुनिता आचार्यको प्रमुख आतिथ्य र संस्थाकी अध्यक्ष विभा गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो। सो अवसरमा अध्यक्ष गुरुङ र उपाध्यक्ष कल्पना गुरुङले प्रमुख अतिथी आचार्यलाई खादा र पुष्पगुच्छाले स्वागत गर्नु भयको थियो।

रसमोर बरो काउन्सिलकी डेपुटी मेयर मारा माकुनुरा, लेफटिनेन्ट कर्णेल समान्था डज, उका वेयरकी सिइयो रुबी राउत विशेष अतिथी रहेको सो कार्यक्रम भब्य रहेको थियो।

प्रमुख अतिथी आचार्यले दीप प्रज्ववलन गरेपछि नेपाली र ब्रिटिश राष्ट्रिय गान बजाइएको थियो । त्यसपछि संस्थाकी उपाध्यक्ष कल्पना गुरुङले स्वागत मन्तव्य दिएकी थिइन्।
उका वेयरकी सिइयो रुबी राउतले मन्तव्यका क्रममा बेलायतमा संघर्षको अनुभव सुनाउंदै पिरियड प्यान्ट बनाउने आफनो ब्राण्ड कसरी अन्तरराष्ट्रिय बजारमा स्थापित भयो भन्नेबारे प्रेरक मन्तव्य दिइन् ।

लेफटिनेन्ट कर्णेल समान्था डजले तीज शुभकामना दिंदै नेपाली परिवारमा सफल पुरुषको पछाडि एउटा श्रीमतिको ठूलो देन हुने गरेको पाएको बताइन् ।

प्रमुख अतिथी आचार्यले सन् २००६ मा स्थापित एसोसिएसनले नेपाली कला संस्कृति जगेर्ना, महिला सशक्तिकरण र अन्य कार्यमा महत्वपूर्ण योगदान गरेको भन्दै प्रशंसा गरिन् । उनले संस्थाको प्रगतिको कामना पनि गरिन् ।

संस्थाकी अध्यक्ष विभा गुरुङले सहभागी र सहयोगी सबैप्रति धन्यवाद दिंदै आमाका गतिविधिबारे प्रकाश पारेको सो कार्यक्रममा संस्थाकी कोषाध्यक्ष दुर्गा पुन,पल गुरुङ र संगीता गैरेले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा संस्थाकी कोषाध्यक्ष दुर्गा पुन, पल गुरुङ र संगीता गैरेले नृत्य प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट पहिरन लगाएवापत अन्जु गुरुङले प्रमुख अतिथीबाट उपहार स्वरुप चित्रकला प्राप्त गरिन् भने वेष्ट ड्रेसको पुरस्कार उका वेयरका तर्फबाट दुर्गा पुन र ललिता गुरुङले पाए ।

त्यसैगरि, वेष्ट डान्सरको उपहार कमला विश्वकर्मा (वेष्ट डान्सर हजुरआमा), निलु मानन्धर (वेष्ट डान्सर आमा), कोपिला मगर (वेष्ट डान्स छोरी) र इभाना कालीकोटेले सान्त्वना पुरस्कार पाए।

राफलमा रेबिका श्रेष्ठ, कृस्तिका गुरुङ र सुस्मिता गिरीले आधा तोला सुनको उपहार पाए भने जानकी सुनारले पहिलो पुरस्कारवापत छड्के तिलहरी पाइन् त्यस्तै आमाले प्रत्येक वर्ष राफलबाट संकलित रकम च्यारिटी कार्यमा खर्च गर्ने गरेको छ ।

नेपालबाट आएकी राष्ट्रिय कलाकार बिन्दा परियारले गायन दिएर भरिपुर्ण मनोरन्जन दिएको उक्त तीजको रमाइलो र राफलको कार्यक्रम श्रद्धा गुरुङ र माया केसीले सन्चालन गरेका थिए।