नेपाली समाज ओमानको१०औं अधीवेसन अध्यक्षमा रबिन्द्र राजथला

टुक बहादुर रामदाम मस्कट ओमान,

ओमानमा  २००३ मा स्थापित सबैभन्दा पहिलो तथा जेठो संस्था  नेपाली समाज ओमानको १०औं अधिवेसन गत सुक्रबार  २०२३ अगस्ट ४ तारिकको दिन मस्कटको अजैवा होटलमा सम्पन्न भएको छ ।
अधिवेसन बाट गरिमामय अध्यक्ष पदमा रबिन्द्र राजथला चयन हुनुभएको छ भने बरिस्ठ उपाध्यक्ष गोबिन्द कुवर, उपाध्यक्ष  धन कुमारि थारु,महासचिव दुर्गा कार्कि,साथै सचिवमा अनिल केसि चयन हुनुभएको छ ।

निवर्तमान अध्यक्ष बिकाश घलेज्युको सभा अध्यक्षता, संस्थाका संरक्षण दिल रोका मगर र तोलाकान्त भटराइले   संचालन गर्नु भएको कार्यक्रमको ,प्रमुख अथिती  दुतावास ओमानका महामहिम राजदुत डोरनाथ अर्याल ज्यु ,बिषेश अथिति दुतावासकै दृितिय सचिव बिषेश साहा ,नेपाली सोसल कल्व ओमानका अध्यक्ष बिकल झा लगाएत ओमानमा कृयासिल  बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु अथिति हुनुहुन्थ्यो ।
सम्पूर्ण  अथितिहरुले निर्वाचित अध्यक्ष रबिन्द्रराज थला ज्यु साथै उहाँको नेत्रित्वमा रहने सम्पूर्ण कार्य  समितिलाइ बधाई तथा  सफल कार्यकालको शुभ कामना दिनु भएको थियो ।

सोहि क्रममा  शुभ कामना मन्तव्य राख्दै ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले अहिलेको गणतान्त्रिक व्यवस्था राजनीतिकै कारणले आएको बताउदै राजनीतिप्रति छुवाछूत नगर्न आग्रह गर्नु भएको थियो ।
सम्पन्न नेपाली समाज ओमानको अधिवेसन लाइ शुभ कामना दिदै उहाँले एस्तो अभिव्यक्ती दिनु भएको हो ।

राजनीतिको “र” पनि सुन्न नचाहनेहरुको आलोचना गर्दै उहाँले सहि राजनितीबारे सहि समझदारी बनाउनु पर्ने आवस्यकतामा जोड दिनु भयो।
मनतव्यको क्रममा उहाँले नेपाली समाज ओमान पुरानो संगठन भएको बिषयगत रुपमा सहकार्य गर्न सकिने पनि बताउनु भयो ।
एकता समाजले कुन बुदामा कहाँ सहयोग गर्नु पर्छ? पुर्ण रुपमा  साथ सहयोग सहकार्य गर्ने छौँ उहाँले भन्नु भयो- तर राजनीति भन्ने बित्तिकै अलि पर जाने र अफ्ठेरो मान्ने तथा राजनितीको “र”पनि उचार्ण गर्न हिच्किचाउनु भन्दा पनि यो व्यवस्था राजनीतिकै फल भएको भुझ्न र बुझाउन जरुरी भएको बताउनु भयो।

सोहि क्रममा ओमान नेपाली एकता समाजका अध्यक्ष छबिलाल बस्नेतले नेपाली समाज ओमान भन्ने बित्तिकै विशुद्ध नेपालीको संस्था भएको र यस संस्था सबैभन्दा पुरानो पाको भएको हुनाले आउँदो अधिवेसनसम्म सबैको साझा तथा अभिभावक बन्नुपर्ने अपेक्षा राख्नुभयो ।
प्रवासी नेपाली श्रमिकको हकहित चाहदै श्रमिकका समस्या समाधान लगायत सकरात्मक बिभिन्न संयुक्त  कार्यक्रम गर्न बिगतमा जस्तै आगामि दिनमा पनि ओमान नेपाली एकता समाज सदैव साथसहयोग र सद्भावसहित सहकार्य गर्न हामि तयार छौँ उहाँले भन्नु भयो ।

सोहि दिन कार्यक्रमको अवसरमा  केहि दिन अगाडी मात्रै नियुक्ति भइ आउनुभएको दुतावास ओमानका दृितिय सचिव बिशेष साहा लाइ सबैमाझ परिचय गराउँदै  कार्यक्रममा उपस्थित नेपाली तथा  संघ संस्थाका प्रतिनिधीहरुले  संयुक्तरुपमा  स्वागत गरी सफल कार्यकालको शुभ कामना पनि  दिनुभएको थियो ।