एनआरएनए स्कटल्याण्डको पहलमा नेपाली दूताबास लण्डनद्वारा घुम्ती सेवा, स्कटल्याण्ड बासी नेपाली लाभान्वित।

स्कटल्याण्डको ग्लास्गो, एबर्डिन र एडण्वरामा पासपोर्ट, एनआरएनए कार्ड लगायत अन्य को आवेदनका कार्य सम्पन्न भएको छ।

गैर आवासीय नेपाली संघ एनआरएनए स्कटल्याण्डको बिशेष पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्याण्डको ग्ल्यास्गो, एबर्डिन र एडण्वरामा स्कटल्याण्ड बासीहरूको आवश्यकीय अनुसारको नेपाली पासपोर्ट, भिसा, एनआरएनए कार्ड, वारेसनामा लगायत अन्य कामहरुको लागि स्कटल्याण्डको विभिन्न स्थानबाट घूम्ती सेबा संचालन भएको छ।
यस कार्यमा नेपालीहरुलाई सेवा प्रदान गर्न ग्लास्गोमा ग्लास्गो नेपाली एसोसिएसनले, एबर्डिनमा एबर्डिन नेप्लीज़ हिमालयन एसोसीएसनले र एडण्वरामा नेपाल स्कटल्याण्ड एसोसीएसन द्वारा एनआरएनए र नेपाली दूतावास संग समन्वय गरेको थिए।


नेपाली दूतावासका अधिकारीहरु मार्फत एडण्वरामा बसोबास गर्दै आएका ४३ जना सेवाग्राहीहरुले प्रत्यक्ष लाभ लिएका थिए। जसमध्ये १ जना स्थानीयले भिसाका लागि, ३७ जना नेपालीले राहदानी नवीकरण, भने ५ जनाले एनआरएनए कार्डको लागी आवेदन दिएका थिए।

यसअघि स्कटल्याण्डको ग्ल्यास्गोमा नेपाली दूतावास लण्डनको घुम्ती टोलीमार्फत ४० जना नेपाली सो सेवाबाट लाभांवित भएका छन। जसमध्ये ३५ जनाले राहदानी र ५ जनाले एनआरएनए कार्डका लागी आवेदन दिएका थिए। त्यस्तैगरी ऐबर्डीनमा बसोबास गर्दै आएका दर्जन भन्दा धेरै सेवाग्राहीहरुले प्रत्यक्ष लाभ लिएका छन। जसमध्ये १० जनाले राहदानी नवीकरण, २ जनाले एनआरएनए कार्ड, २ जनाले भिसा र १ जनाले वारिसनामाको लागी आवेदन दिएका थिए।


कार्यक्रमलाई सफल बनाउनको लागी एनआरएनए स्कटल्याण्डका अध्यक्ष काशीराम भण्डारी, सचिव मनीष खत्री, कोषाध्यक्ष शर्मिला ढकाल, सहकोषाध्यक्ष जे पी सापकोटा, सह-सचिव सुमी ओझा भण्डारी, सदस्य टिका खराल, घनश्याम भण्डारी, मुना खराल, गोकर्णभुसाल, एनआरएनए स्कटल्याण्डका युथ संयोजक राम श्रेष्ठ, सल्लाहकार डा. शिव तिवारी लगायतका व्यक्तिहरु सक्रिय रूपमा लागी पर्नु भएको थियो भने हिमालयन डाईन ईन एण्ड ग्रीलका संचालक नरेश्वर खराल र सम्पूर्ण टिम र ब्यान्टर् ग्ल्यास्गो द्वारा नेपाली दूताबास लण्डन घुम्ती सेवामा आएका सम्पूर्ण टोलीलाई खानपिनको र हिमालयन सेन्टर द्वारा चियापानको व्यवस्था गरेका थिए।


एडण्वरामा संचालन गरिएको घुम्ती सेवामा नेपाल स्कटल्याण्ड एसोसिएसनका अध्यक्ष बिजय डंगोल, सचिव मनीष खत्री, सदस्य टिका खराल, शशी कार्की लगायतले व्यवस्थापनमा सहजीकरण गरेका थिए भने कार्यक्रम सञ्चालनको लागि हिमालयन सेन्टरले हल उपलब्ध गरिदिएका थिए।


अन्त्यमा गैरआबासीय नेपाली संघ स्कटल्याण्डका अध्यक्ष भण्डारीले नेपाली दूतावासबाट नेपालीहरूलाई सेवा र सहयोग गर्न पाउँदा सारै खुसी लागेको भन्दै आगामी दिनमा पनि यसरी नै नेपाली समुदायको लागी दूतावासको सेवाको निरन्तरताको लागी सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्रेका थिए भने सचिव खत्रीले यसरी स्कटल्याण्डबासी हरूलाई यस्तो महत्वपूर्ण कार्य सम्पन्न गर्न पाएकोमा खुसीका साथ यस कार्यलाई निरन्तरतामा सधैं तत्पर रहने बताउछ।


यसैगरी लाभान्वित सम्पुर्ण स्कटल्याण्डबासीहरू यस किसिमको कार्यक्रमले धेरै सरल र सुविधा भएको साथै एनआरएनए स्कटलण्ड र नेपाली दूताबास लण्डन घुम्ती सेवामा आउन हुने सम्पूर्ण पदाधिकारीलाई सम्मानका साथ धन्यवाद व्यक्त गरेका थिए।

धन्यवाद।