नेपाल स्कटल्याण्ड एसोसिएसन महिला समूह द्वारा सङ्कलित कोष “साझा सहयात्री नेपाल” लाई हस्तान्तरण।

नेपाल स्कटल्याण्ड एसोसीएसन महिला समुह परिवार द्वारा सङ्कलित कोष “साझा सहयात्री नेपाल” लाई हस्तान्तरण गरीएको छ।

“साझा सहयात्री नेपाल” एक विशुद्ध सामाजिक संस्था हो । यसले विशेषत यौन हिंसामा परेका बालिकाहरुको लागि कार्य गर्दै आइहेको छ। संस्थाले हिँसामा परेका बालिकाहरुलाई विशेषत काउन्सिलिङ, सुरक्षित आवास, १२ कक्षासम्म शिक्षा, स्वास्थ्य, सेल्फ डिफेन्सका तालिमहरु र पछि भोकेश्नल तालिमहरु दिएर समाजमा बाँच्न सक्ने बनाउने हो।

संस्थामा अहिले ७ देखि १८ वर्षसम्मका १० जना बालिकाहरु छन् । जो आफनै घरभित्रका सदस्यहरुबाट र कोहि छिमेकीहरुबाट पीडीत बनेका छन् । उनीहरु बिना कुनै दोष यो समाजमा रहेका केहि नरपिचासहरुको कारणले गर्दा जीवनभरलाई पुग्ने पीडामा बाच्नुपरेको छ। कानुनी न्याय पाए पनि सहज रुपमा उनीहरुले आफनो जीवनयापन गर्न सकिरहेका छैनन् । सामाजिक सोचका कारण आज पीडीत झनै पीडीत भएर यो समाजमा बाँच्नुपर्ने बाध्यता रहेकोछ।

यसबाट महिलाहरुभन्दा बालिकाहरु धेरै नै पीडीत बनेका छन्। त्यसैले यही कुरालाई मध्यनजर गर्दै यस संस्था साझा सहयात्री नेपालले बालिकाहरुलाई केन्द्रीत गरेर उनीहरुको पालनपोषण र शिक्षा दिक्षा दिइरहेको छ। आफनै परिवार, आफन्त, साथीभाइ लाई गुमाएर एक्लिन विवश यी बालिकाहरुको लागि आज उक्त संस्था अभिभावक बन्दै उनीहरुको उज्जवल भविष्यको लागि अघि बढिरहेको छ।

संस्था स्थापना भएको १ वर्ष पुरा भएको छ। संस्थालाई अहिले केहि मनकारी व्यक्तिहरुको कहिलेकाही केहि सहयोग बाहेक अन्य संस्थाअनुरुप कही कतैबाट डोनेशनहरु पाएको छैन। यद्यपि केही संस्थाहरुसंग भने सहकार्यको लागि पहल गरिरहेका छन्।

त्यसैले अहिले तत्कालको लागि बालिकाहरुको शैक्षिक क्षेत्रमा टेवा पुगोस् र खानपानको लागि सहयोगको खाँचो छ। बालिकाहरु लाई भर्ना गर्नुपर्ने, किताबकपी किन्नुपर्ने, ब्यागहरु किन्नुपर्ने लगायत अन्य शैक्षिक सामाग्रीहरु तथा गुणस्तरिय शिक्षाको संस्था अगाडि बढिरहेको र नेपाल स्कटल्याण्ड एसोसीएसनका सम्पुर्ण परिवार तथा सम्पुर्ण आदर्णिय दात्रीहातहरू “साझा सहयात्री नेपाल” का अध्यक्ष गिता धन्यवाद तथा आभार व्यक्त गर्दछ।

साथै नेपाल स्कटल्याण्ड एसोसीएसन, नेपाल र नेपालीहरूको लागि सधै साथ र सहयोगका लागि अग्रसर भई कार्य गर्दै आईरहेको र भविष्यमा पनि सबैको साथ संगै निरन्तर क्रियाशील भई अझ सुदृढ रूपमा अगाडि बढ्ने संस्थाका अध्यक्ष डंगोल बताउदै, एनएसए महिला समूहका संयोजक रत्ना केसी तथा यस अभियान को सुचना सम्प्रेषणमा सहयोग गरिदिन हुने माया खराल का साथै सम्पूर्ण एनएसए/महिला समूहका परिवारहरू;

1. Shirjana kandel

2. Kamala sherestha

3. Partixha sharma

4. Laxmi devkota

5. Juna karki

6. Sharda dahal

7.Tulshi bhattarai

8. Partima kc

9. Anjali chapagai

10. Kirishana bhattarai panthee

11. Rita karki

12. Samjana karki

13. swostima karki kadaka

14. Bimala bogoti

15. Mangala basnet

16. Shardha adikari तथा दात्रीहर, स्वयंमसेवक साथीहरूलाई यस उत्तम कार्यलाई सफल बनाउन सहयोग गरिदिनु भएकोमा हार्दिक धन्यवाद व्यक्त गर्दछ र “साझा सहयात्री नेपाल” संस्थाको सफलताको कामना व्यक्त गर्दछ।

धन्यवाद।