मार्क जुकरवर्ग र प्रिसिला च्यान बने तेस्रो सन्तानको बाबुआमा

फेसबुकका संस्थापक मार्क जुकरवर्ग र प्रिसिला च्यान तेस्रो सन्तानको बाबुआमा बनेका छन्।

मार्क र प्रिसिला च्यानले शुक्रबार फेसबुक पोस्ट मार्फत यसबारे जानकारी दिएका हुन्।

यसअघि उनीहरूका दुई छोरी म्याक्सिम र अगस्ट छन्।

तेस्रोपटक पनि उनीहरू छोरीकै आमाबाबु बनेका हुन्।

उनीहरूले छोरीको नाम ‘अरेलिया’ राखेको बताएका छन्।

मार्कले आफ्नो फेसबुकमा प्रिसिला र छोरीको फोटो सेयर गरेका छन्।

उनले लेखेका छन्, ‘अरेलिया च्यान जुकरवर्ग, यो संसारमा स्वागत छ।’

मार्क र प्रिसिलाकी पहिलो सन्तान म्याक्सिम सन् २०१५ डिसेम्बरमा जन्मिएकी हुन्।

यसको दुई वर्षपछि सन् २०१७ को अगस्ट महिनामा उनीहरूकी दोस्रो सन्तान अगस्ट जन्मिएकी हुन्।