अमेरिकन आइडलको विजेता बन्ने प्रयाशमा फेरि कस्सिए दिवेश पोखरेल (अर्थर गन)

Spread the love
नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको पछिल्लो एपिसोडमा उपाधि जित्न चुके पनि उपविजेता बने । अमेरिकन आइडलको फाइनलमा पुग्ने उनी पहिलो नेपाली बनेर ईतिहास रचे । काठमाडौंको रवीभवनमा जन्मेका दिवेश सन् २०१४ मा अमेरिका गएका हुन् ।

फाइनल राउण्डका क्रममा भोटिङका आधारमा २१ वर्षीया जस्ट साम (वास्तविक नाम समन्था डियाज) अमेरिकन आइडल घोषित भइन् । उनी लाइबेरियन मुलकी अश्वेत गायिका हुन् । सामलाई जिताउनका लागि लाइबेरियामा अभियान नै चलाइएको थियो । न्यूयोर्क निवासी सामले मिडल स्कुलदेखि नै न्यूयोर्कका सब-वे र ट्रेनहरुमा गाउने गर्थिन् । उनी सानो छँदा आमा जेल परेकाले उनलाई हजुरआमाले हुर्काएकी हुन् ।

अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलमा उपबिजेता बनेर नेपालीका तर्फबाट ईतिहास कायम गर्ने दिवेश पोखरेल (अर्थर गन) यो बर्ष पुन: उपाधी हात पार्ने प्रयाशमा छन ।

भोट् गर्ने काममा नेपाली विस्वमा नै अग्रपंक्तिमा छ । श्रृंखला खतिवडा मिस वर्ल्डमा सहभागी हुँदा भोटिङका आधारमा संधैं अगाडि परेकीले उनीसंग उन्का साथीहरुले नेपालको जनसंख्या कति अरब छ भने प्रश्न गर्थे । भारत जस्तो अरबभन्दा बढी जनसंख्या भएको देशलाई पनि नेपालले भोटिङमा धेरै पटक पछाडि पारेर उपाधी हात पारेकै हो । जस्ट सामलाई गत बर्ष जसरी उन्का देशले सहयोग गर्यो, त्यसरी नेपालीहरु लागि पर्ने हो भने भोटिङ कोड ७ रहेको दिवेश पोखरेल (अर्थर गन) ले यो पटक अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधी हात नपार्ला भन्न सकिन्न । #VoteArthurGunn#VoteforArthurGunn#AmericanIdol2021#ARthurGunn

श्रोत: लुम्बिनी-कपिलवस्तु विस्व अभियानका विस्व संयोजक एबं अन्तराष्ट्रिय नेपाली कलाकार समाजका विस्व सल्लाहकार रामकुमार श्रेष्ठ (Twitter @Ramkshrestha) को फेसबुक पेज