२१ बर्षकी श्रीमती र ६७ बर्षका श्रीमानको बारेमा आमाहरुको अत्यन्तै मा,र्मिक भनाइ, सबैको मन छुनेछ (भिडियो सहित)

Spread the love

झापा । इलामको चुलाचुलीमा भेटिएका हजुरवुवा र नातिनीको जस्तो उमेर अन्तर भएका श्रीमान् श्रीमती पछिल्लो समय सामाजिक संजालमा भाइरल जोडीका रुपमा परिचित छन् ।चुलाचुली गाउँपालिका ३ का ६७ बर्षीय सिंहप्रसाद लिम्बू र २१ बर्षीया पूजा लिम्बूले विवाह गरेपछि यतिबेला भाइरल बनेका हुन् । शारीरिक रुपमा अंपाङ्ग रहेकी पूजा र बृद्ध अवस्थामा पुगेका सिंहप्रसाद लिम्बूको आर्थिक अवस्था दयनीय छ । उनको टाउको लुकाउने एउटा गतिलो घरसमेत छैन ।

साना साना नाति नातिना र वृद्ध मात्रै बस्ने घरमा बिजोक नै थियो भन्छन वृद्ध । उता युबतीको पनि पहिले नै एकजना युवकसँग बिहे भएको र उसले छाडेर गएपछी बेसाहारा भएकी युवती जसको एउटा हात नै छैन । हात नभएपछि कसैले बिहे नगर्ने र बिहे भएपछी पनि आफुसङ नबस्ने भएपछी उनले वृद्धसंग बिबाह गरेको बताइन ।घरको अवस्था धेरै नै बिजोक रहेको छ । उनिहरुले आफुहरुलाइ सहयोग गर्न अपिल समेत गरेका छन । सहयोगका लागि ९८११३५६३७४ मा सम्पर्क गर्न सक्नुहुनेछ । यो जोडीको बिषयमा बुढी आमाहरु संग गरिएको कुराकानी तल भिडियोमा हेर्नुहोला ।