बला’त्कारको आरोप लागेका कृष्णदासका डरलाग्दा अन्य कर्तुतहरु ,”यो पाखण्डी गुरु हैन गोरु हो” होसियार हुनुहोस (भिडियो सहित)

जिल्ला प्रहरी कार्यालय सुनसरीबाट सोमबार प्रहरी नायब उपरीक्षक विनोद शर्माको नेतृत्वमा गएको प्रहरी टोलीले अनुयायी बलात्कारको आरोप लागेका रामकृष्णाचार्य बैष्णव कृष्णदास भन्ने कृष्णबहादुर गिरीलाई पक्राउ गरेको हो ।पक्राउ परेका सिद्धबाबालाई प्रहरीले सोमबार नै सुनसरी जिल्ला अदालतमा उपस्थित गराई चार दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । आज बिहान विराट नर्सिङ अस्पताल विराटनगरबाट पक्राउ गरिएका कृष्णदासलाई प्रहरीले म्याद थपका लागि आजै जिल्ला अदालत सुनसरीमा हाजिर गरेको थियो ।

आइतबार नै प्रहरीले कृष्णदासलाई पक्राउ गर्ने तयारी गरेकामा सघन उपचार कक्ष(आइसीयू)मा भर्ना भएकाले पक्राउ गर्न सकेको थिएन । कृष्णदासको स्वास्थ्य अवस्था सामान्य भएपछि आज प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको सुनसरी प्रहरी नायब उपरीक्षक विनोद शर्माले बताउनुभयो । रामकृष्णाचार्य बैष्णव कृष्णदास पक्राउ परे लगतै मोरंग उर्लाबारीमा बस्ने जंगी बाबाले आक्रोशित हुदै उनका अन्य कर्तुत पनि खुलाएका छन् साथै उनलाई गुरु हैन गोरु भन्छु भन्दै कडा जबाफ दिएका छन् ।