कविताः कौरव-पाण्डव

श्याम न्यौपाने अचेल दुर्योधनहरू पङ्खफुक्का भा’छन् पाण्डवहरूलाई हैरान कटा’छन् महमा मौरीझैँ भँवरा पुष्पपरागमा झैँ दुर्योधनहरू शकुनिको षड्यन्त्रमा झुम्मिएका छन् एकोहोरिएका छन् नशालु पदार्थको सेवनले नशावाज लट्ठिएझैँ लट्ठिएका छन् पाण्डवहरू सत्याचारमा रमाउँछन् कर्मप्रति...