प्रेमीले धाेका दिएकाे भन्दै २१ वर्षीया श्रद्धाले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्….

पाेखरा। प्रेमीले धोका दिएको भन्दै एक २१ वर्षीया छात्राले आ-त्महत्या गरेकी छन् ! सुष्मा कलेज इटहरी कक्षा १२ मा म्यानेजमेन्ट पढ्दै गरेकी घिमिरेले आफ्नो प्रेमीले चिट गरेको हुनाले आ-त्माहत्या गरेको बुझिएको छ ।

इटहरी सुष्मा कलेजमा कक्षा १२ मा अध्ययन गर्दै आएकी उनले कोठामा सलको पासो लगाएर आत्महत्या गरेकी इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी खगेन्द्रबहादुर खड्काले बताएका छन् ।

उनी इटहरी दिदी भिनाजुकोमा बस्ने गरेकी थिइन् ।अाफन्तका अनुसार सोमबार साँझ ५ बजेतिर कोठा खोल्ना नखोलिएपछि ढोका फोरेर हेर्दा सलको पासो लगाएको अवस्थामा भेटिएकी हुन् ।मृतकको पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनले आ-त्महत्या गर्नु आगाडी कुनै केटिको लाइफ सँग खेल्नु हुन्न नि केटाहरु भन्दै एक भिडियो समेत सेयर गरेकी थिइन् !

यो पनि पढ्नुहोस् :-

काठमाडौं, २५ साउन । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले आफूहरुको र उपेन्द्र यादव–महन्थ ठाकुरको एजेण्डा मिल्ने बताएका छन् । आगामी निर्वाचनमा उनले यादव र ठाकुरले नेतृत्व गरेको पार्टीबीच सहकार्य हुने पनि विश्वास दिलाए । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनमा तपाईँलाई उपेन्द्र यादव र महन्थ ठाकुरले साथमै लिएर जानुहोला र ? भनेर पत्रकार धमलाले सोधेको प्रश्नमा उनले भने–‘जानुहुन्छ, किन जानुहुन्न ? हामीसँग कुनै दुश्मनी छ र ? हाम्रो मुद्दा एउटै छ, एजेण्डा एउटै छ, मधेशी जनताको लागि काम गर्दैछौं भने हामीबीच भावना मिल्छ ।’ निर्वाचनमा सहभागी हुँदै गर्दा आफूहरुलाई जसपा र लोसपा दुवै दलले साथ दिने उनको विश्वास छ ।

उनले नेपालमा अहिले १५० भन्दा बढि दल रहेकोमा तीमध्ये पपुलर मतको आधारमा आफ्नो दल आठौं स्थानमा रहेको पनि दाबी गरे । उनले भने,‘अहिले सत्तामा बसेका दलभन्दा हामीले बढि मत ल्याएका छौं । हामीले त धेरै सम्माजनक मत ल्याएका छौं ।’ राउतले नेपालमा अहिलेपनि को मन्त्री बन्ने कुरा दिल्लीमा निर्धारित हुने गरेको सनसनीपूर्ण टिप्पणी गरेका छन् ।

उनले भने,‘अहिले पनि भर्खरै को को जानुभयो भन्ने कुरा तपाईँलाई थाहै छ होला, त्यहाँ सम्झौता गरेर नै आउनुभयो होला । यो देशको मन्त्री वा प्रधानमन्त्री त ठूलो कुरा हो, यहाँ सचिव पनि को बन्छ नि, त्यो पनि बाहिरबाट निर्धारित भएर आउँछ ।’ राउतले नेपाली राजनीतिमा भारतको मात्रै नभएर चीनको पनि उत्तिकै दबाब रहेको आरोप लगाए । उनले आफू भारतको निकट नेता नभएको पनि उल्लेख गरे । उनले भने,‘म कसरी भारतको निकट नेता हुँ ? म त जनताको निकट छु ।’ उनले आफू स्थापित हुनको लागि भारतको भन्दापनि जनताको आर्शिवाद आवश्यक रहेको सुनाए ।