कमजाेरले अरूकाे साथ खाेज्छ, बलियाेले एक्लै चुनाव लड्छ : प्रदीप ज्ञवाली

काठमाण्डाै – नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले आउँदाे सङ्घ र प्रदेशकाे चुनावमा आफ्नाे पार्टीले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताउनुभएको छ । आज मङ्गलवार संसदबाहिर सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो ।

सांसद ज्ञवालीले गठबन्धनबाहिरका एजेन्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताउनुभयो । उहाँले गठबन्धनविना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने जिकिर गर्नुभयाे । कमजोरले अरूको साथ खोज्ने तर बलियोले एक्लै चुनाव लड्ने सामर्थ्य राख्ने उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘सत्ता गठबन्धनसँग सामना गर्ने भनेको हाम्रो मुख्य शक्ति जनताको जनमत हो । त्यसैले हाम्रो ध्यान जनमतलाई कसरी अभिवृद्धि गर्ने र पार्टीलाई बहुमतमा पुग्ने गरी जनताको बीचमा बलियो गरेर स्थापित गर्ने भन्नेमा छ । गठबन्धन हाम्रो प्राथमिकतामा होइन । गठबन्धनबाहिरका दलहरूसँग छलफल हुनसक्छ । तर गठबन्धन नै निर्माण गर्ने गरेर हाम्रो छलफल अघि बढेको छैन र गठबन्धनविना अघि बढ्न सकिँदैन भन्ने भ्रम पनि छैन । हामी आफ्नो खुट्टामा उभिएर लड्छौँ । तर हिँड्दै जाँदा एजेन्डा मिल्ने साथीहरू भेटिनुभयो भने कतिपय ठाउँमा सहकार्य हुन सक्छ । कमजोरले साथ खोज्ने हो । बलियोले एक्लै सामना गर्छ ।’

सांसद ज्ञवालीले नेपाली कांग्रेसमा एक सय ६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताउनुभयो ।