साली भेनाको रुपमा दोहोरीले तहल्का पिट्दै (भिडियो सहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नयाँ नयाँ दोहोरी सार्वजनिक गर्दै आएको इनेपाल रोधिघरले आफ्नो नयाँ प्रस्तुती भर्खर मात्र सार्वजनिक गरेको छ ।

चर्चित गायक रविन लामिछाने र बविता बाँनीया जेरीको गाएको सो गीतमा साली भेनाको विषयमा निकै उत्कृष्ट दोहोरी प्रस्तुत गरेका छन । रविन दोहोरी गाँउनमा निकै खप्पिस मानिन्छ भने जेरी पनि यस्ता विषयमा राम्रो दोहोरी प्रस्तुत गर्न माहिर छन ।

उनीहरु विचको रमाइलो दोहोरी हेर्नुहोस् :