भ्वाइसकी गीतासँग मिलेर अमेरिकाबाट बालकृष्णले ल्याए ‘चञ्चले मन’

काठमाडौं । लामो समयदेखि अमेरिकामा बस्दै आएका गायक, गीतकार तथा संगीतकार हुन् बालकृष्ण न्यौपाने । परिवार सहित अमेरिकामा बस्दै आएका न्यौपाने आफ्नो निरन्तरको कामसँगसँगै संगीत सृजना गर्नमा अभ्यस्त हुँदै आएका छन् । हरेक वर्ष २ वा ३ वटा गीतको भिडियाृ बजारमा ल्याउँदै आएका गायक तथा संगीतकार न्यौपानलेले हालै बजारमा ल्याएको नयाँ गीत ‘चञ्चले मन’ को चर्चा सुरु भएको छ । जहाँ भ्वाइस अफ नेपाललबाट लोकप्रिय बन्न सफल गायिका गीता शर्मा र गायक बालकृष्णको स्वर सुन्न सकिन्छ ।

गीतको भिडियोलाई काठमाडौं उपत्यका आसपासका रमणीय स्थानहरुमा छायांकन गरिएको गायक न्यौपानेले बताए । फिल्मी शैलीमा तयार पारिएको प्रेम रोमान्सले भरिएको गीतको भिडियोको निर्देशन सिर्जन बरालले गरेका हुन् । जहाँ सुन्दरी पुजन घिमिरेसँग पुष्कर दाहालको गज्जबको लुकामारीलाई रोमान्टिक शैलीमा देखाइएको छ । प्रेम र रोमान्सले भरिएको सार्वजनिक गीतको भिडियो हेर्दा दर्शकहरुले आफ्नै प्रेम कहानी महशुस गर्ने गीतकार न्यौपाने बताउँछन् ।

विष्णु अधिकारीको एरेन्ज रहेको गीतको छायांकन दीपक गिरीले गरेका हुन् भने सम्पादन र कलरिगं दुवै अमृत चापागाईले गरेका हुन् । बिके कृयशनबाट बजारमा आएको गीतको भिडियोको निर्माण दूर्गा धिमाल न्यौपानेले गरेकी हुन् । गायक तथा गीतकार न्यौपानेका यसअघि ‘सोल्टिनी’ ‘बाहार बनी तिमी आयौ’मा (विभिन्न शीर्षकमा पुरस्कृत) , ‘अब यी अल्छी हातमा’ (सर्वोत्कृष्ट राष्ट्रगानमा पुरस्कृत) लगायतका दर्जन बढी गीतहरु बजारमा आइसकेका छन् ।