कोभिड ठीक भएपछि पनि यी कुरामा ध्यान नदिए …., सबैले हेरेर सेयर गर्दिनुहोला (भिडियो सहित)

काठमाण्डौ । कोरोनामुक्त भएपछि कतिपय मानिसले अन्य समस्या पनि सामना गरिरहेका छन्। कसैलाई छिटै थकाइ लाग्ने त कसैलाई सास लिन समस्या भइरहेको होला। कसैलाई मुटुको समस्या त कसैलाई अन्य समस्याहरु देखिन थालेको सुन्न र देख्न पाइन्छ।चिकित्सकहरुका अनुसार पोस्ट कोडिभ केयर अर्थात कोरोनाबाट मुक्त भएपछि पनि स्वास्थ्यको ख्याल उति नै आवश्यक हुन्छ।

हप्तौँ वा महिनौँसम्म पनि सतर्कता अपनाउन आवश्यक हुन्छ। नत्र सानो लापरबाहीले पनि ठूलो समस्या निम्याउन सक्छ।कोभिड नयाँ संक्रमण हो। यसले शरीरका अन्य कुन–कुन अंगमा असर गर्छ भन्ने कुरा विस्तारै–विस्तारै बाहिर आइरहेका छन्। यसले मानिसको मुटु, दिमाग, मांसपेसी, धमिनी र नसा, रगत, आँखाजस्ता शरीरका अन्य अंगमा पनि असर गर्छ भन्ने कुरा पत्ता लागिसकेको छ। तल भिडियोमा सम्पूर्ण जानकारी हेर्नुहोला ।