न्यूयोर्कमा हुने मिस नेपाल नर्थ अमेरिकाको दर्ता सुरु ,शृंखला खतिवडा प्रशिक्षक हुने

न्यू योर्कमा हुने मिस नेपाल नर्थ अमेरिका (नेपाल उत्तर अमेरिका सुन्दरी ) २०२१ आगामी अगस्त १४ ,शनिबार ,२०२१ को दिन आयोजना हुने भएको छ । गत बर्ष २०२० मा कोरोना महामारीको कारण उक्त प्रतियोगिता स्थगित गरिएको थियो ।

उक्त प्रतियोगिताको नारा भावी पुस्तालाई सशक्त पार्न नेपाली महिलाहरूलाई सशक्तिकरण गरिदै भन्ने राखिएको छ । प्रतियोगितामा सहभागी हुन् चाहने प्रतियोगीहरुले आवेदन पत्र भर्न सक्ने छन् भने दर्ता गर्ने अन्तिम समय जुन १५,२०२१ राखिएको छ ।

बिजेतालाई नेपाल आउने जाने हवाई टिकट प्रदान गरिने छन् भने नेपाल टुरिज्म बोर्डले २०२१-२०२२ को लागि बिजेतालाई सद्भावना दूतमा मनोनित गर्नेछ । अन्य थप जानकारी चरणबद्ध रुपमा अध्यावधिक गरिने आयोजकले बताएका छन् ।

सन २०१९ मा सम्पन्न दोश्रो मिस नेपाल नर्थ अमेरिका-२०१९ ( उत्तर अमेरिका नेपाल सुन्दरी -२०१९ )मा न्यूयोर्ककी श्रेया गजुरेल बिजयी घोषित भएकी थिइन् ।

यस पटक तेश्रो मिस नेपाल नर्थ अमेरिकाको आयोजना ड्रिम्स युनिभर्सल एलएलसीले गर्नेछ भने मिस नेपाल वर्ल्ड -२०१८ कि (पूर्व नेपाल सुन्दरी ) शृंखला खतिवडा प्रशिक्षकको रुपमा सहभागिता जनाउने छिन ।

११ बर्ष सम्म रणनीति कार्यक्रम व्यवस्थापन, परियोजना व्यवस्थापन तथा नेतृत्व व्यवस्थापनमा गहिरो अनुभव बटुलेका व्यक्तिहरू मिस नेपाल नर्थ अमेरिकाको आयोजक समूहमा शैलेश श्रेष्ठ संस्थापक सभापति रहेका छन् ।

बिस्तृत जानकारी लिन यहाँ थिच्नु होस् :