नेपालमा कोरना संक्रमण अझै केहि हप्ता चुनौतिपूर्ण रहनेछ, कारण यस्तो डरलाग्दो रहेछ (भिडियो सहित)

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को महामारी नेपालमा केही हप्ता अझै पनि चुनौतिपूर्ण रहने जनाएको छ। मन्त्रालयले सूचना जारी गर्दै केही हप्ता अझै पनि चुनोतिपूर्ण रहेने सबै संयमित र सहयोग भई एकजुट भएर काम गर्नुपर्ने बताएको छ। मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले स्वास्थ्य क्षेत्र दिनरात कोभिड–१९ विरुद्धको लडाईंमा लागि पर्दा पनि सङ्क्रमण जति घटनुपर्ने हो त्यति घट्न नसकिएको बताए।

उनले विवाह, व्रतबन्ध, चौरासी पूजा जस्ता सामाजिक कार्य र भेला, उद्घाटन जस्ता राजनैतिक कार्यको नाममा हुने ठूला जनमानस सङ्क्रमणको कारण रहेको उल्लेख गरे। उनले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि जारी गरिएका जनस्वास्थ्यका मापदण्ड लागु नगरिएको सङ्क्रमण बढिरहेको जनाए । मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड र निषेधज्ञा पालना गर्न आग्रह गरे। उनले निषेधज्ञाको समयमा अझै पनि मानिसहरु आवतजावल ५९ प्रतिशत मात्र कमि आएको भन्दै आवतजावतलाई पूर्णतया रोक लगाउनुपर्ने बताए।