धुर्मुस–सुन्तली फाउण्डेशन र क्रिकेटर सन्दिप लामिछानेको यति ठुलो सहयोग, सबैले सेयर गर्दिनुहोला (भिडियो सहित)

काठमाडौँ । धुर्मुस–सुन्तली फाउण्डेशनले चितवनको विपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई ५० वटा अक्सिजन सहितको सिलिण्डर सहयोग गरेको छ । नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण फैलिएसँगै अस्पतालहरुमा हुने अक्सिजन अभाव कम गर्न फाउण्डेशनले सिलिण्डर सहयोग गरेको हो ।सोमबार फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले अस्पतालका कार्यकारी निर्देशक देजकुमार गौतमलाई सिलिण्डर हस्तान्तरण गरेका हुन्।

अहिलेको महामारीमा मात्र नभई दिर्घकालिन रुपमा अस्पताललाई सहयोग पुगोस् भन्ने हेतुले अक्सिजनसहितको सिलिण्डर खरिद गरि सहयोग गरिएको धुर्मुसले बताए । ‘कोभिडको यो कहरमा हामीले पनि केही गरौं भन्ने लाग्यो,उनले भने’, अकालमा कोही नमरोस भनेर सिलिण्डर सहयोग गरेका हौं ।’उनले क्यान्सर अस्पतालमा तत्कालको आवश्यकता देखेरनै सिलिण्डर सहयोग गरिएको समेत बताए ।