मदन भण्डारीको ह त्यारा खोज्न किन चासो देखाएनन प्रधानमन्त्रि र राष्ट्रपतिले ? कारण यस्तो रहेछ (भिडियो सहित)

काठमाडौँ । २८ वर्षअगाडि आजैका दिन अर्थात् २०५० जेठ ३ गते चितवनस्थित दासढुंगामा भएको गाडी ‘दुर्घटना’मा परी नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको थियो। तर त्यो स्वाभाविक दुर्घटना नभई रहस्यमय घटना थियो। तर आजसम्म त्यसको वास्तविकता पत्ता लाग्न सकेको छैन। आज जेठ ३ गते उनीहरूको २८औं स्मृति दिवस हो।

यसै सन्दर्भमा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराईले अहिले एमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री तथा पूर्व एमाले नेतृसमेत रहेकी भण्डारीकै धर्मपत्नी विद्यादेवी भण्डारी राष्ट्रपति भएकाले त्यो रहस्यमय दासढुंगा दुर्घटनाको अन्तिम निर्क्योल गरिनुपर्ने बताएका हुन् ।