श्रीमानले आफ्नै छोरीलाई करणी गरेर जिवन वर्वाद पारेपछि आमा छोरीको लागि न्याय खोज्दै

काठमाडौं । मेरो चार छोरी मध्य एउटा छोरीको जिवन उसकै वुवाले वर्वाद पारे । अरु ३ छोरी छन् उनीहरुको जिवन पनि जोखिममा छन् । कृपया मेरो छोरीलाई बचाइदिनुहोस् । जिवन वर्वाद पारेको मेरो जेठो छोरीलाई न्याय दिनुस् । एउटी आमाले मिडियासामु गरेको विलौना हो । एउटा बुवाले आफ्नै १७ वर्षकी छोरीलाई वर्षौ देखि करणी गर्दै आएको कुरा उनकै आमाले खोलेकी छन् ।

श्रीमानले आफ्नै छोरीलाई करणी गरेर जिवन वर्वाद पारेपछि आमा त्यो छोरीको लागि न्याय खोज्दै हिडेकी छन् । एउटा परिवारमा छोराछोरीले सबैभन्दा सुरक्षित महशुष गर्ने आफ्नो बुवाआमासंग हो । तर सोच्नै नसकिने एउटा घटना अहिले सार्वजनिक भएको छ । बुवा संरक्षक हुन् उनले आफ्नो परिवारका सदस्यलाई संरक्षण गर्छन । तर कपिलवस्तु ८ वाडगंगाका एक वुवा जसले आफ्नै १७ वर्षकी छोरीलाई बारम्बार यौ”न स”म्पर्क गरे । श्रीमतीसंग गरिने सम्बन्ध आफ्नै छोरीसंग गर्ने ति बुवालाई कारवाही दिलाउन आमा छोरी मिडियामा आएका हुन् ।

आफ्नै श्रीमानवाट छोरी असुरक्षित भएको कुरा थाहा पाउने ति आमाको मनमा कति पीडा होला ? सायदै कल्पना पनि गर्न सकिदैन । छोरीलाई कसैलाई पनि कुरा नखोल्नु कुरा खोलिस् भने आमा अर्कैसंग पोइला जान्छे अनि अरु बहिनीको पनि भविष्य वर्वाद हुन्छ । अरुको भविष्यका लागि कसैलाई पनि यो कुरा नखोल्नु भनेर बुवाले भन्ने गरेका कारण उनले अरुको भविष्यका लागि त्यस्तो पीडा पनि सहेर बसेको बताएकी छन् ।

घरकी कान्छी छोरीले आमालाई सबै कुरा बताइदिएपछि घटना बाहिर आएको हो । वुवाले घरको झ्याल ढोका थुनेर के के गर्नुहुन्छ ? हामीलाई घर वाहिर पठाउनुहुन्छ दिदीसंग नराम्रो काम गर्नुहुन्छ जस्तो लागेको छ भनेर कान्छी छोरीले आमासंग बुवाको पोल खोलिदिएकी थिइन् । त्यसपछि जेठी छोरीलाई आमाले सोध्दा झन सोच्नै नसक्ने घटनाको पोल खुलेको छ । आफ्नै बुवाले एक पटक दुई पटक होइन बारम्बार छोरीलाई करणी गरेको घटना खुलेको हो । घरमा मात्र होइन वहाना बनाएर वाहिर होटलको कोठामा समेत लगेर छोरीलाई त्यस्तो नराम्रो काम गरेको जेठी छोरीले रुँदै बताएकी छन् । अहिले ति बाबु प्रहरी हिरासतमा छन् ।बाँकि तल भिडियोमा हेर्नुहोस युवतीको बयान