मस्तिष्क घातका बिरामीलाई खाेटाङ सेवा समाज कतार दुवारा एक लाख रुपया आर्थिक सहयोग

रुद्र शर्मा, ०३ मार्च कतार, खाेटाङ सेवा समाज कतारले खाेटाङका मस्तिष्क घातका बिरामी कुमार पुरीलाई गत २६ फेब्रुवरी २०२० का दिन एक लाख रुपया हस्तान्तरण गरेको छ l

खाेटाङ जिल्ला ऐसेलुखर्ख गाउपालिका वार्ड नम्बर ५ महेश्वरी निवासी कुमार पुरी बिगत लामो समय देखि मस्तिष्क घात रोगले ग्रसित भई भएका छन् l आर्थिक अबस्था नाजुक भएको हुदा बिरामीलाई उपचार खर्च जुटाउन कतारमा कार्यरत बिरामीका आफन्तहरु उत्तर कुमार पुरी, कृष्ण बहादुर बन र यादब पुरीको संयोजकत्वमा र खाेटाङ सेवा समाज कतारको पहलमा १ लाख रुपया आर्थिक सहयोग संकलन गरि खाेटाङ सेवा समाज काठमाडौं पदाधिकारी तथा समाजसेबी कासीनाथ आचार्य दुवारा बिरामीलाई अस्पतालमै गएर उक्त रकम हस्तान्तरण गरेको छ l

बिरामीको उपाचार हाल काठमाडाै थापाथली नर्भिक अस्पतालमा भइ रहेको बिरामीका आफन्त तथा खाेटाङ सेवा समाज कतारका कर्यरमिति सदश्य यादब पुरीले बताएका छन् । सस्थामा आउने हरेक समस्याहरुको ख्याल गर्दै सेवा र सहयोग कदममा कदम मिलाउदै अगाडी खाेटाङ सेवा समाज कतार बढेको छ l सोहि अनुरुप पिडित पुरी लाई पनि आर्थिक सहयोग जुटाउने अभियानमा सघाउनको लागि सस्थाका सम्पूर्ण पधाधिकारिहरुको सक्रियता र कतारमा कार्यरत सहयोगी भाबना रहेका केहि व्यक्तिहरु मार्फत आर्थिक सहयोग गरेको सस्थाका अध्यक्ष्य रुद्र शर्माले जानकारी दिनु भएको छ । यस सहयोग अभियानमा सहयोग गर्ने सम्पुर्ण सहयोगि हातहरुलाई संस्थाले धन्यवाद ज्ञापन गरेको छ ।