आर.सी को “लालपुर्जा” नेपाली सांगीतिक बजारमा (भिडियो सहित)

राजु बोहरा–काठमाडौँ । नेपाली लोक तथा दोहोरी गीत संगीतका पारखीहरुलाई जसरी पनि उत्कृष्ट स्वाद दिनुनै छ । त्यसैले पनि कलाकारहरुले आफ्नो सृजनालाई अब्बल बनाउन हरपल ध्यान केन्द्रित गरिरहेका हुन्छन् । सोहि क्रममा यतिबेला बिगत निकै लामो समय यता समर्पित गायक आर.सी सापकोटाले अर्को निकै उत्कृष्ट गीत संगीतको स्वाद सार्बजनिक गरेका छन् ।

अहिले उनि प्रबासमा छन् । प्रबाशमा रहेर पनि नेपाली गीत संगीतको क्षेत्र सम्वृद्धिको लागि यति धेरै झुकाब हुने कलाकारहरुलाई सम्पूर्ण गीत संगीत प्रेमी श्रोता तथा दर्शकहरुले सहयोग गर्ने पर्छ । किन कि दुई पैसो कमाउन आफ्नो घर देश छोडेर परदेश पुगिन्छ र परदेशमा पनि धेर थोर कमाएको पैसो यसरी संगीतको क्षेत्रमा समर्पण गरिन्छ भने त्यो निकै कठिनता भित्र पर्दछ । उनले यस अगी पनि थुप्रै गीतहरु आफ्ना श्रोताहरु माझ पस्किसकेका छन् । अहिले भर्खरै मात्र आर.सी को प्रस्तुतिमा बजारमा आएको गीत “लालपुर्जा” बोलको रहेको छ ।

प्रस्तुत गीतमा लय शब्द उनी बहुप्रतिभाका धनि गोर्खाली युवा सर्जक रमेश परियारको रहेको छ । रमेश पनि कुनै गीत सिर्जना गर्ने मात्र होइन, आफ्नै स्वर द्वारा केहि गीतहरु बजारमा ल्याईसकेका छन् । त्यसो त रमेश परियार द्वारा अभिनित केहि म्युजिक भिडियो पनि सार्बजनिक भैसकेका छन् । यस गीतमा मेलिना राई र मेलिना राइको सुमधुर स्वर सुन्न सकिन्छ ।

“लालपुर्जा” बोलको गीतको म्युजिक भिडियोमा सुनिल क्षेत्री र रक्षा श्रेष्ठको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन सुनिल निउरेले गरेका हुन् भने छायांकन टंक के.सी र सम्पादन अराज केशबले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।