यी हुन ‘नाटक घरकी रानी’ जसले दर्जनौ चलचित्र २०० बढी नाटक र ३ हजार भन्दा बढी सडक नाटकमा अभिनय गरेकी छन् (भिडियो हेर्नुस्)

काठमाण्डौं । जिन्दगी र नाटक उस्तै बताऊने रंगकर्मी सरिता गिरी आमा तुलसा र बुवा गणेशराज गिरीका दुई छोरा, दुई छोरीमध्ये कान्छी छोरीका रूपमा काठमाडौंको बानेश्वरमा जन्मिइन् । सन साइन स्कुलबाट एसएलसी गर्दा नगर्दै उनी मार्सल आर्टको ब्लाक बेल्ट होल्डर बनिन् अनि साहित्यबाट स्नातक गरिन् । १६ वर्षमै ‘पत्थरको कथा’ नाटकमा पहिलो पटक अभिनय गरिन् । बेजोड अभिनय र दर्शकको प्रतिक्रियाले उनको मनोबल चुलियो ।

ब.धशाला, नागरिक, सुनगाभा, रेड मनसुन, गुरु दक्षिणा जस्ता दर्जनौ सिनेमामा अभिनय गर्न भ्याइसकेकी सरिताले दुई सय बढी नाटक र तीन हजार भन्दा बढी सडक नाटकमा अभिनय गरेकी छन् ।

पछिल्लो समय आमा चलचित्रमा अभिनय गरेकी उनी प्रमोशनमा पनि ब्यस्त छिन । ब्यस्तताका बाबजुद मनोरञ्जन क्षेत्रमा एउटा छुट्टै इतिहास कायम गरेकी प्रतिभाशाली चलचित्रकर्मी एवं नाट्यकर्मी सरिता गिरीसँग गरिएको छोटो कुराकानी भिडियो हेर्नुहोस्