देवी र सुन्दरको “अन गर है नेट” भिडियो सहित

काठमाडौँ स् नेपाली लोक दोहोरी गीतमा निकै रुचाइएकी गायिका देवी धर्ति मगर र गायक सुन्दर परियारको आवाजमा रहेको नयाँ डान्सिङ गीत ”अन गर है नेट ” को भिडियो सार्वजनिक भएको छ ।

प्रेमी प्रेमि विचको भावना आदान प्रद्धान गर्नको लागी सहयोगी माध्यम बनेको सामाजिक सञ्जाललाई गीतमा समावेश गरिएको छ । आफनो प्यारो प्रेमीलाई भेटनको लागी आफु नै आतुर रहेको कुरा गीतमा गायिकाले गरेकी छन । सुन्दर परियारको शब्द तथा लय सिर्जना गीतमा रहेको छ । निकै आकर्षक रुपमा तयार पारिएको भिडियोमा विभिन्न रमणिय स्थानमा छायाँकन गरिएको छ ।

राहुल राईको छायाँकन , विरेन्द्र भटट विपिनको सम्पादन तथा नारायण रिजालको निर्देशन भिडियोमा रहेको छ । ”अन गर है नेट ” गीतको भिडियोमा अहिले की चर्चित मोडल पावर्ति राई , अमृत लामा , सोना लामा र सुरज पर्वत छिनालको अभिनय रहेको छ ।

”अन गर है नेट ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।