इन्द्रेणीमा दोहोरी गाएर हँसाउने गायिका कल्पनाको सबैको मन रूहाउने कहानी :भुइचालोले लग्यो दुई बहिनी

कलाकार कठोर मात्रै हैन कोमल हृदयको पनि हुन्छन भन्ने उदाहारण गायिका कल्पना दाहालले देखाएकी छिन।आज भन्दा ७ बर्ष अगाडी गएको भूकम्प बाट उनले आफ्नो दुई बहिनी गुमाउनु पर्यो भने एक भाई क्यान्सर बाट गुमाउनु पर्यो त्यो पिडा उनको जीवनभर आफ्नो आँखै अगाडी देखिने गरेको पाईन्छ।

उनि इन्द्रेणीमा दोहोरी गाउदै गर्दा निकै रुचाएकी गायिका मा पार्छिन।उनले गाएको गीतले कतिपय स्टेज तथा महोत्सवनै उचालिने गर्दछ भने गीत बाटै उनि निकै उचाईमा पुग्ने गर्दछिन उनलाई प्रदिप संग को दोहोरीबाट अझ धेरै दर्शकले खोजेका थिए भने इन्द्रेणी बाट झन् दर्शकले रोज्न खोजेका हुन।हेरौ यो बिशेष कुराकानी :

यो पनि पढ्नुहोस
रिलिज मिति नजिकिदै गर्दा चलचित्र ‘सेन्टी भाइरस’मा समावेश ‘आफ्नो पार्टी जिताइदे’ बोलको गीत सार्वजनिक गरिएको छ । प्रमोद खरेल र विद्या तिवारीको आवाजमा समावेश यो गीतमा सुशान्त गौतमको संगीत, हर्क साउदको शब्द छ ।

यो गीतले विशेषगरि, चलचित्रको भाव बोकेको छ । राजनीतिक बिषयवस्तुमा तयार भएको यो चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

यो भिडियोको निर्देशन बने दीपक आचार्यले गरेका हुन् । एलिस राइले कोरियोग्राफी गरेको यो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार विल्सन विक्रम राई, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, पुष्प आचार्य, मधुसुदन पाठक, सन्जु शाह, एलिस राइको अभिनय छ ।

चलचित्रमा भने सिताराम कट्टेल, दयाहाङ राई, वुद्दि तामाङ लगायतका कलाकारको पनि मुख्य भूमिका छ । यो चलचित्रमा डिन्डु लामाको लगानी छ । चलचित्रले परिवार भित्रको राजनीतिको कथालाई उठान गरेको छ । फागुणको ९ गतेबाट यो चलचित्र रिलिज हुँदैछ ।