मान्छे बेच्ने दलाल पक्राउ गर्दा कुमारलाई आयो धम्की, करोडौंको ठगीले गरायो डिभोर्स, पीडित रुदै मिडियामा, (हेर्नुहोस भिडियो)

५ रुपैयाँको खाना बेच्ने कुमार राईले आजकल निकै उदाहरणिय कामहरु गरिरहेका छन । कहिले पाँच रुपैयाँमा सादा खाना १० मा मासुभात त कहिले गरिब दुखीको घर घरमै गएर सहयोग गर्छन । गरिब र दुखीका लागि ज्यानै दिन तयार छु भन्दै आफ्नो ज्यान जोखिममा राखेर एक मान्छे बेच्ने दलाल पक्राउ गरेका छन । कुमार संगै योबन गुरुङ, डि बि लिम्बु, सुपर अनलाइन टिभिका समीर सुवेदी लगायत उनको टिम नै अहिले पुर्बमा सक्रिय रहेको छ ।

कुमार राइले सरकारले गर्न नसकेको काम गरेका छन । धेरै युवायुवती अनि चेलीबेटी बेच्ने युवा आफुले सारै दुखले समातेको कुमार बताउछन । महिनौंदेखि खोजी कार्य गरिरहेका कुमार राई र योबन गुरुङले कडा मिहिनेतका साथमा पक्राउ गर्न सफल भएका छन । धेरैलाई बिदेश पठाउछु भन्दै ठगेको र धेरैको घरबारै बिगारेको समेत कुमार राईले बताए । करिब दस जनाको टोलिले नेपाल र भारतको सिमानामा समात्न सफल भएको योबन गुरुङले बताए । समातिएको खबर पाउनासाथ दर्जनौ पिडितहरु रुदै कुमार भएको ठाउँमा आएका छन । पाँच रुपैयाँको खाना बेच्ने क्रममा धेरैले कुमारलाई यो बिषयमा कुरा गरेको र सबै दुखमा परेका नेपालीका लागि आफुले चुप बस्न नसकेको र खोजेर आज सबैको न्याय गरेकोमा गर्ब महसुस भएको बताए ।

समातिएका ती युवाका अनुसार उनले पनि अरुको प्रलोभनमा परेर यस्तो गरेको बताउदै निकै डराए । ती युवकले झुट बोल्दै पिच्छे कुमारले झापट लगाएपछी सबै सत्य ओकलेका थिए । उपस्थित पिडितका अनुसार यो ठागिकै कारणले श्रीमान श्रीमती बिच सम्बन्ध बिच्छेद पनि भएको बताउदै आँसु झारे । बिदेशमा पुगेर अलपत्र परेका युवाले त्यहा भोगेको दुख पोख्दा सबैको आँखा रसाए । कसको कति पैसाठगेको अनि के के सम्म गरेको रहेछ त ठगले ? तलको भिडियोमा हेर्नुहोस तपाइको मन रुनेछ