विल्शन बिक्रम राई भिडियोमा मोडल तथा निर्देशकको रुपमा प्रस्तुत

हास्य कलाकार, अभिनेता, गायक र नृत्याकारको रुपमा प्रस्तुत भईसकेका कलाकार विल्शन बिक्रम राई भिडियो निर्देशकको रुपमा पनि प्रस्तुत भएका छन्। तक्मे बुढाको रुपमा जनमानसमा चर्चा कमाएका विल्सनले गायिका गायिका तारा नुमिहाङ्ग् बान्तावा राईको ‘सोल्टिनी बिनाको साकेला’ गितमा निर्देशक भएर आएका हुन्।

गायिका तारा नुमिहाङ्ग् बान्तावा राई तथा राजेशपायल राईको स्वर रहेको उक्त गितको भिडियोमा मोडलको रुपमा हास्य कलाकार विल्शन बिक्रम राई तथा एलिशा राईलाई देख्न सकिनेछ।

स्वर्गीय अर्जुन खालिङ्ग राईको शब्द तथा आशुतोष राईको संगीत, शोक लोहोरुङ राईको संगीतसंयोजन रहेको गितको भिडीयोमा हराउदै गएको साकेला नृत्यलाई देखाउन खोजिएको छ। भिडियोमा निर्देशक विल्शनले गायक राजेशपायाल राईलाइ पनि नचाउन भ्याएकाछन् । साथै भिडियोमा बिक्रम धिमाल, सुजन राई, पुजन राई लगायातले फिचर्ड गरेकाछन् । भिडियोमा राजिव कुमारको कोरियोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ भने बिक्रम डिसीले छायाङ्कन गरेका छन्।

सानैदेखि गायनमा रुचिराख्ने गायिका तारा बान्तावाले यस गितबाट आफु धेरै आशाबादी रहेको बताईन। भोजपुरको आम्तेकमा जन्मिएकी तारा बिद्यालयस्तरमा हुने हरेक कार्यक्रममा गित गाएर सबैको मन जित्ने गरेकी थिईन। आरआर क्याम्पसबाट र ललितकला क्याम्पसबाट संगीतमै ब्याचलर सम्मको अध्ययन गर्नुभएकि ताराको हालसम्म आधुनिक गीति-संग्रह ‘मनको राजा, र पुर्बेली लोकगीति संग्रह ‘के हो घराना ‘ एल्बम सार्बजनिक छन् । उनले हालसम्म २५ भन्दा धेरै गीतमा स्वर दिई सकेकी छिन।

किराती संस्कारलाई झल्काउने “सोल्टिनी बिनाको साकेला” लाई भने गायिका तथा मोडल यसोदा खालिङ्ग राइले निर्माण गरेकी हुन।