२० बर्से छोरालाई इटाले हानेर ज्यान लिए आमाको बिजोक,मामाले बताए सम्पुर्ण नालीबेली (भिडियो हेर्नुहोस)

झापा बिर्तामोड ५ बाट केहि दिन अघि घुम्न भनेर निस्किएका २२ वर्षीय अभिषेक कटुवालको सुनसरीको दुहवी नगरपालिका–१२ बुकडोरीमा हत्या गरेर फ्यालेको अवस्थामा शव भेटिएको छ ।
शरीरमा लगाएका कुनै पनि कपडा नभएको र टाउको तथा अनुहार कुच्याएर चिन्नै नसक्ने बनाउँदै विभत्स तरिकाले हत्या गरेर पराल र माटोले पुरेको अवस्थामा उनको निर्बस्त्र शव फेला परेको हो । घटनास्थल विराटनरगर महानगरपालिका–४ भएर बग्ने केसलिया खोलाबाट पश्चिमतर्फ हो ।

प्रहरीका अनुसार मृत्यु हुने अबिशेकको घर भारत भएको र बिर्तामोड मामा घर हो । बुवा भारतमै बस्दै आएका उनी आमासँगै मामा घरमा बस्थे ।
सुनसरी प्रहरी प्रमुख एसपी यज्ञविनोद पोखरेलका अनुसार प्रारम्भिक कुरा बुझ्ने क्रममा उनी माघ ९ गते घुम्न भन्दै मे १० प ८६७५ नम्बरको स्कुटर लिएर बिर्तामोडबाट हिँडेका थिए । तर घर नफर्किएपछि आमा तारा कटुवालले छोराको खोजीका लागि सोमबार इलाका प्रहरी कार्यालय बिर्तामोडमा निवेदन दिइन् । उनले लिएर हिँडेको स्कुटर समेत फेला परेको छैन ।

शवको फोटो हेरेर आफन्तले चिनेका थिए । घटनास्थलबाट शवसँगै रगत लागेको एउटा इँटा र च्यातिएको गलबन्दी को टुक्रा बाहेक अरु केही पनि फेला नपरेको प्रहरीले जनाएको छ । एसपी पोखरेलले शरीरका केही भाग सड्न थालेको अवस्थामा शव भेटिएका कारण घटना तीन÷चार दिन अघिनै भएको बताए । शव पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेर गम्भीर ढंगले घटनाको अनुसन्धान सुरु गरिएको जानकारी उनले दिए ।

घटनाको कारण खुलिनसकेको र त्यसमा संलग्नको पनि पहिचान हुन बाँकी रहेको एसपी पोखरेलको भनाइ छ । झापाबाट हिँडेका उनी कसरी त्यहाँ पुगे भन्ने नै खुलिसकेको छैन । अति नै व्यस्त रहने सडक छेउमै शव भेटिएका कारण घटना दिउँसो नभई राति गराइएको हुनु पर्छ, एसपी पोखरेलले भने, ‘शवको अवस्था हेर्दा घटनामा एक भन्दा बढी व्यक्तिको संलग्नता छ भन्ने देखिन्छ । झापा बिर्तामोडमा काजकिरिया गर्दै बसेकी आमाको अवस्था एकदमै नाजुक रहेको छ । त्यहा धेरैको संख्यामा उपस्थिति छ । घटनाको सबै नालीबेली अभिषेकका मामाले सबै नालीबीली बताए तलको भिडियोमा हेर्नुहोस ।