प्रेम गीत ३ को पहिलो गीतले २४ घण्टा बित्न नपाउदै ट्रेनिङको शिर्ष स्थान ओगेट्दै,दर्शकले सर्बाधिक रुचाए

वर्षकै प्रतिक्षित फिल्म मध्येको एक ‘प्रेमगीत ३’ को पहिलो गित ‘हात्ती ढुंगामा’ रिलिज गरिएको छ । मनाङमा छायांकन गरिएको गितको भिडियोले फरक स्वाद पस्केको छ । नायक प्रदीप खड्का र नवनायिका क्रिष्टिना गुरुङ फिचर्ड गितको भिडियोमा दुवैजनाको लुक्स र प्रस्तुतीले जो कोहीको मन सजिलै जित्छ । प्रदीप र क्रिष्टिनाको जोडी पनि गज्जबको देखीएको छ ।

सुरुदेखी प्रतिक्षित बनिरहेको फिल्म ‘प्रेमगीत ३’ को ‘हात्ती ढुंगामा’ गित रिलिज भएसंगै फिल्म झन प्रतिक्षित र कोतुहलपुर्ण बनेको छ । महँगो बजेट र ठुलो क्यानभासमा सन्तोष सेनले निर्माण गरेको फिल्मको अधिकांश दृष्य मनाङमै छायांकन गरिएको हो । मनाङअघि किर्तिपुरमा अहिलेसम्मकै ठुलो सेट निर्माण गरेर फिल्मको छायांकन गरिएको थियो ।

कल्याण सिंहको संगीतमा तयार गीतमा मेलिना राई र सागर आलेले स्वर दिएका छन् । हर्क बहादुर साउदको शब्द रचना रहेको गीतलाई कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । छेतेन गुरुङ र सन्तोष सेन मिलेर निर्देशन गरेको सिनेमाले २ सय वर्ष पुरानो लभस्टोरी पर्दामा उतारेको छ ।फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् ।

फिल्ममा प्रदीप र क्रिष्टिनाको अलवा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनीष राउत,प्रेम पुरी,लक्ष्मी बर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी लगायतले अभिनय गरेका छन् । कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । सामाजिक अभियन्ता चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् भने कुमार शान शाह र ओएसआर डिजिटल सह-निर्माताको रुपमा रहेको छ । यो फिल्मको बक्सअफिसमा तहल्का मच्चाउने विश्वास गरिएको छ ।

हेर्नुहोस ‘प्रेमगीत ३’ को पहिलो गीत ‘हात्ती ढुंगामा’ :