क्रेगिबन लाइब्रेरीमा नेपाली जुनियर लाइब्रेरी शाखाको स्थापना

मेलबर्न: दिदिबहिनी समाज भिक्टोरिया तथा नर्दन कम्युनीटि लिगल सेन्टरको संयुक्त आयोजना तथा क्रेगिबन नेपलिज कम्युनीटि भिक्टोरियाको सहकार्यमा मेलबर्नको क्रेगिबन लाइब्रेरीमा जुनियर नेपाली पुस्तकहरुको संग्र्ह सहित नेपाली जुनियर लाइब्रेरी शाखा स्थापना गरिएको छ । उक्त लाइब्रेरीमा नेपाली बालबालिकाहरुका लागी आबश्यक नेपाली कथा, कविता, नेपालको बारेमा लेखिएका विभिन्न लेखहरु सहितको पुस्तकहरु छन । मेलबर्नमा बसोबास गर्ने नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा, साहित्य, संस्कृति, कलाको बारेमा जानकारी गराउने तथा सिकाउने उदेश्यका साथ यो शाखा खोलिएको हो ।

क्रेगिबन स्कूलका विद्यार्थीहरुको स्वागत नृत्यबाट शुरु भएको उक्त कार्यक्रममा दिदिबहिनी समाज भिक्टोरियाका अध्यक्ष जमुना पराजुलीले महिला सहभागिता कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो । नर्दन कम्युनीटि लिगल सेन्टरका साझेदारी तथा सामुदायिक बिकासका म्यानेजर तानिया म्याकेन्जीले आफ्नो संस्थाले दिदीबहिनी समाज भिक्टोरियासंग मिलेर सामाजिक कार्य गर्न पाउदा गर्ब महसुस भएको र दिदिबहिनी समाजको विभिन्न सामाजिक गतिविधिमा गरेको कार्य उदाहरणीय र प्रसंशनिय रहेको बताउनु भयो ।

ह्युम लाइब्रेरीका पुस्तक संकलन बिभागका मुख्य ब्यबस्थापक एडम कुपरले ९९ भन्दा बढी नेपाली जुनियर लाइब्रेरीमा पुस्तकहरुको ब्यबस्था रहेको र आगामी दिनहरूमा नयाँ योजना सहित अरु थपिदै जाने बताउनु भएको थियो । सानो समूहबाट शुरु गरी आजको यो अबस्थामा आइपुग्दा आफूहरु निकै खुशी भएको बताउदै एनआरएनए भिक्टोरियाका उपाध्यक्ष प्रेम प्रसाद कंडेलले दिदीबहिनी समाज भिक्टोरिया तथा नर्दन कम्युनीटि लिगल सेन्टरप्रति आभार व्यक्त गर्नु भयो ।

क्रेगिबन नेपाली स्कूलका शिक्षक चेतराज ढकालले रचनात्मक तरिका अपनाउदै नयाँ किसिमबाट बिद्यार्थी भाइबहिनीहरुबाट उद्घाटन गरिएको उक्त लाइब्रेरीको मद्धतबाट बिद्यार्थीहरुले धेरै उपलब्धि प्राप्त गर्ने आशा व्यक्त गर्नु भयो । क्रेगिबन नेपालीज कम्युनीटिका अध्यक्ष माधब पौडेलले खुशी व्यक्त गर्दै दिदीबहिनी समाज तथा नर्दन कम्युनीटि लिगल सेन्टरसङ्ग सहकार्य गर्दै रचनात्मक काममा जुट्न पाउदा आनन्द महसुस भएको र भबिस्यमा पनि साथमा मिलेर काम गर्न क्रेगिबन नेपालीज कम्युनीटि तयार रहेको बताउनु भयो ।

दिदिबहिनी समाज तथा नर्दन कम्युनीटि लिगल सेन्टरका साझेदारी कार्यक्रमका संयोजक सन्जना श्रेष्ठले संचालन गर्नु भएको उक्त कार्यक्रममा क्रेगिबन नेपाली कम्युनीटि तर्फबाट बासुदेब मरहट्ठाले क्रेगिबन नेपालीज कम्युनीटिका कार्यसमिति सदस्यहरुलाई प्रसंशा पत्र वितरण गर्नुभएको थियो । महिला सहभागिता समुहका सरिता धमलाले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा कवियत्री पार्बती पहारिले कविता तथा बालबालिकाहरुले नेपाली नृत्य प्रस्तुत गरेका थिए ।