“रमाइलो हाम्रो गाउँ “बोलको गीत सार्वजनिक भएको छ

काठमाडौँ । नेपाली सांगीतिक आकाशमा छुट्टै परिचय बनाउन सफल गायक दुर्गा बहादुर कार्कीको बिल्कुलै नयाँ प्रस्तुती मार्मिक लोक गीत “रमाइलो हाम्रो गाउँ “बोलको गीत सार्वजनिक भएको छ ।आफ्नै जन्म भुमिलाई सम्झेर त्यहीँको थाक थलोलाई शब्दमा बुनेर मौलिक भाकामा उतारिएको उक्त गीतमा गायक स्वयम् कै शब्द रहेको छ भने भाका प्रियजन राईले भरेका छन् ।

गायक दुर्गा बहादुर कार्की र कला राईको मिठास स्वर लहरीमा बनेको गीतमा रामेछाप जिल्लाको रमणिय इस्थल ठोसे ,तिल्पुङ्ग ,थर्पु ,खिम्ती ,सिङ्गटिडाडा ,गौरी संगखर हिमाल,बेताली,सुनार पानी , मन्थली बजार ,लगायतका रमणीय इस्थल हरुमा यस गीतको छायांकन गरिएको छ ।भिडियोमा सुसान आर्टि,रोजिना राई,रविन राई ,प्रनिषा कार्की ,इन्द्र आले,नारायण कार्की ,लक्ष्मी राई र संगीता कार्की लगायतका अन्य कलाकारहरुले अभिनय गरेका छन्।

प्रियजन राईको निर्देशनमा बनेको गीतको भिडियोलाई जनकराज अधिकारीले छायांकन गरेका हुन भने गीतको भिडियो लाई मनिष कार्कीले सम्पादन गरेका हुन ।
Visit nepal 2020 लाई लक्षित गरि भिडियोलाई पूर्वेली जुनतारा म्युजिक प्रा.लिको अफिसियल युट्युब च्यानल माफत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् गीतको भिडियो :