बन्चरोले का*टेर ६० बर्षिय बृद्धको ह*त्या, प्रत्यक्षदर्शी भन्छन्–दाउरा चि*रे झै थियो (भिडियो)

सीता पोख्रेल (भुजेल) लमजुङको सुन्दरबजार नगरपालिका ७, पाउँदीमा एक्लै बस्दै आएकी थिईन् । पाउदीमै बसेर बाख्रा पालन गरेर बस्दै आएकी ६० बर्षिया सिताले गत सोमबार बाख्रा खोरमा हुलिन् । भर्खर जन्मेका पाठा र कुखुरालाई घर भित्र लगेर थुनेर सुतेकी सिता कहिलै नउठ्ने गरी बिदा भईन् । उत्त, रात नै कोहीले उनलाई बन्चरो प्र*हार गरेर ज्यान लिईसकेछ ।

स्थानीय नारायण भुजेल भने बिगत लामो समय देखी आमाले दिएको जग्गामा सानो घर बनाएर बसेकी सिताको ह*त्या गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्छन् । उनका अनुसार घ*टना हेर्दा चोरी वा सुनको लागी भएको देखिन्छ । सिताले लगाएको सुनका गहनाहरु थिएनन् तर बाक्सामा राखेको तीन लाख रुपैया भने चोरी भएन । आफूहरु आउँदा रगत बगेर पनि सुकीसकेको थियो भन्दै घटना रातीकै १० बजे तिर भएको भुजेलले बताए । बन्चरो प्र*हारबाट भएकाले श*ब हेर्दा दाउरा चिरे जस्तै छिया–छिया थियो । ह*त्याराको खोजिकार्य भैरहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ । हेर्नुहोस् यो स्थलगत रिपोर्ट