भारतमा बेचिएकी चेलीले रुदै यस्तोसम्म सुनाइन,बम्बैको नर्कबाट अन्य चेलिले पठाए मनै रुवाउने सन्देश,सबैको मन रुनेछ (हेर्नुहोस भिडियो)

समीर सुबेदी, झापा नेपाल,
गरिब परिवारमा जन्मिएकी नेपाली चेली जसको सानैमा बिहे भयो दुईजना छोराछोरी पनि भए तर घरबार बस्न सकेन । माइती गरिब भएकै कारणले श्रीमानले छाडेपछी माइतीघरमै बस्न थालिन । माइतीमा पनि दाजुभाइ नभएको र बुबाले अर्कै श्रीमती ल्याएर आमालाई पनि एक्लै छाडेपछी बुढी आमा र उनका दुई सन्तानको जिम्मेवारी पनि उनकै काधमा आइपर्यो । बालक छोराछोरी र बुढी आमालाई दुख सुख पाल्दै गरेकि थिइन । दुखी चेलीका छोराछोरी पढाउन अझै पैसाको आवस्यकता पर्यो । नेपालमै बसेर कमाएको पैसाले खाना लाउन र साना नानीहरुलाई पढाउन पुगेन अन्ततः उनि बिदेशिन बाध्य भइन ।

पैसाको अभाव त छदै थियो । ती सोझी नेपाली चेलीलाई पैसा धेरै कमाइ हुने आशा देखाइ एक धरान घर बताउने राजु भुजेल नाम गरेका दलालले नेपालको सिमा पार गराएर भारतको बाटो जादा सजिलो र खर्च नलाग्ने बताएर ललाइ फकाइ गरेर इन्डियाको बम्बैमा बेच्न लादैगर्दा त्यहाको प्रहरीले समातेर जेल चलान गर्यो । उनीसंगै अन्य दुईजना नेपाली चेलीहरु पनि थुनिएका उनले बताइन् । उनीहरुलाई पुलिसले समात्ने बितिइकै दलालहरु फरार भएका र सम्पर्क बिहिन भएका छन । एक नेपाली युवाले ती एउटि चेलीलाई त्यहाँबाट भारु ५० हजार धरौटी राखेर फर्काइएको र अन्य दुई जनाको कोहि आफन्त नभएका कारणले जेलभित्रको फोहोरमैलामा घाउ खटिरा सहित दिनदिनै रुदै बिताइरहेका छन ।

सम्पुर्ण नेपाली मिलेर उनिहरुलाई नेपाल फर्काउन सबैले सकेको आर्थिक सहयोग गर्नुहोला नसक्नेले यो भिडियोलाई जतिसक्दो शियर गर्नुहोला तपाईंको एक शियरले धेरै सहयोगी मन सम्म पुग्नेछ त्यहाँबाट आएको सहयोग पनि तपाईंले गरे बराबर हुनेछ । सहयोगका लागी सुपर अनलाइन टिभीका समीर सुवेदी लाई ९८१४९३०७३६ मा सम्पर्क गर्नुहोला ।

आउनुहोस पूरा भिडियो हेरौ ती चेलिले रुदै यस्तोसम्म भनेको सुन्दा अनि बेचिएकी अन्य चेलीहरुले यस्तो संदेश पठाएको सुन्दा कस्को मन रुदैन होला मन थामेर भिडियो हेर्नुहोस ।