१३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न

मनिराज गौतम, सुदुरपश्चिम प्रदेशको कन्चनपुरमा बलात्कारपछि हत्या भएकी १३ बर्षीया बालिका निर्मला पन्तको घटनामा आधारित चलचित्र ‘कोपिला’को शुक्रबार हेटौंडाको एन एस सिनेमा हलमा च्यारिटी सो सम्पन्न भएको छ । पन्तको बलात्कारपछि भएको हत्याको विषयवस्तु समावेश गरी निर्माण भएको चलचित्रको च्यारिटी शो मा उनकी आमा दुर्गादेवी पन्त सहित चलचित्रका कलाकार टोलीको सहभागिता रहेको थियो । चलचित्रका कलाकार गणेश गिरी, सरिता गिरी, संजीवनी खरेल,प्रकृती खरेल,जुनिफर पौडेल,श्रेया आचार्य सहित अन्य कलाकारको समेत बाक्लो उपस्थिती रहेको थियो ।

मकवानपुर जागरण अभियानले आयोजना गरेको च्यारेटी शो मा स्वर्गीय निर्मला पन्तको आमा दुर्गादेवी पन्तलाई आभार पत्र सहित नगद पचास हजार प्रदान गरिएको थियोे । पन्तलाई चलचित्रका निर्देशक शिबम् अधिकारी, निर्माता मणिराज गौतम,गणेश गिरी,सुबासराज काफले जागरण अभियानका अध्यक्ष कृष्णराज कोईरालाले संयुक्त रुपमा रकम हस्तान्तरण गर्नु भएको हो ।

चलचित्रमा निर्मलाको भूमिकामा संजिवनी खरेलले अभिनय गरेकी छिन ।उनले पहिलो पटक अभिनय गरेपनि उनको अभिनयलाई दर्शकहरुले रुचाएका छन् । चलचित्रमा आमाको भुमिकामा अभिनय गर्ने कलाकार सरिता गिरिको अभिनयलाई धेरैले तारीफ गरेकाछन् । उनको अभिनय दर्दनाक रहेको प्रतिकृया छ । चलचित्रलाई हेटौडामा उच्च माउथ पब्लिसिटी रहेको छ । चलचित्रले उठान गरेको बिषय बस्तुलाई आम दर्शकहरुले अत्याधिक मन पराएकाछन् । कार्यक्रममा पत्रकार महासंघ कन्चनपुरका अध्यक्ष बिष्णु अबस्थीले स्व निर्मला पन्तको कथालाई उठान गरेर चलचित्र बनाएकोमा आभार ब्यक्त गर्नु भयो ।

चलचित्रले आम निर्मलाहरुको प्रतिनिधत्व गर्ने उहाँको तर्क छ । यस्तै स्व पन्तकी आमा दुर्गादेबीले चलचित्रबाट समाजमा उच्च शिक्षा मिल्ने भन्दै आफनो छोरी जस्तो अरु छोरीहरुले बलत्कृतहुनु नपरोस भन्दै चलचित्रबाट महिला हिंसा अन्तय हुने बताउनु भयो । यस्तै कन्चनपुरबाटै आउनु भएकी महिलाअधिकारकर्मी प्रेमपति रानाले पनि चलचित्रबाट आम समाजलाई सुसुचित गराने भन्दै आम छोरीचेलीहरुलाई यस्ता घटनाबाट सजग बनाउने बताउनु भयो ।
कार्यक्रममा कलाकार निर्माता रमित ढुगाना,कृषा चौलागाई,पत्रकार निर्देशक डब्बु क्षेत्री,निर्देशक गोबिन्द गौतम लगाएतका संचारकर्मी तथा महिलाअधिकारकर्मी,संचारकर्मीहरुको बाक्लो सहभागीता रहेको थियो ।