आमाले रुदै सुनाइन 20 बर्से छोरीको 70 बर्से वृद्धसंग बिहे गर्नुको कारण, यस्तो छ भित्री कहानी,आँसु आउनेछ (हेर्नुहोस भिडियो)

मोरङको बाउनीमा अर्को अचम्मको कुरा बाहिर आएको छ । काजीलाल चौधरी नाम गरेका एक वृद्धले बीस बर्सिय युवती रबिना चौधरी नाम गरेकी युवतीसंग बिबाह गरेका छन । सुन्दा अचम्म लाग्ने उनिहरुको बैबाहिक सम्बन्ध गासिएको लगभग चार बर्ष भैसकेको छ । चार बर्षमा चार जना छोराछोरी समेत जन्मिसकेकामा दुईजना जुम्ल्याहाको निधन भएको र अरु दुईजना अहिले रहेका छन । अचम्मै लाग्ने जोडीको भित्री कहाँनि भने अर्कै रहेको छ ।

युवतीकि आमा मिडिया आएर रुदै उनिहरुको भित्री कहानी बताएकी छिन । आफ्नो परिवार निकै गरिब त्यसमाथी श्रीमानले छोराछोरी सानै हुदा अर्कि श्रीमती लिएर हिडेपछी छोराछोरी हुर्काउन खान लाउन बल्ल तल्ल आफुले दुख गरेर पुर्याएको र छोरीको बिहे गर्न आफूसङ दाइजो दिन पैसा नभएपछी वृद्धसङ बिबाह गरिदिन बाध्य भएको बताउदा निकै भावुक बनिन । गरिबी अनि दुखै दुखमा जीवन बिताएकि रबिनाको कलिलो उमेरमै आफुभन्दा ४७ बर्ष जेठा वृद्धसंग दाइजोकै कारणले बिबाह गर्नुपर्ने बाध्यता भयो । हास्ने खेल्ने उमेरमा दुखै दुखमा आँसु सहित जीवन बिताएकी अनि बिबाह पनि आफुभन्दा ४७ बर्ष वृद्धसंग आफ्ना रहर इच्छा चाहाना मारेर बिबाह गरेकी उनले बताइन ।

रबिनाले भावुक हुँदै भनिन मेरो शरीरमा धाउ खटिरा निस्किएर ओछ्यानमा लडिरहेका बेलामा आफ्नो उपचार गराउन पैसा नभएको र खाना खाने पनि अवस्थामा नभएपछि बिजोक भएको थियो । आमा दिनरात रुदै हिड्नु हुन्थ्यो जसोतसो ६० ७० हजार रिन काडेर आफ्नो उपचार गराएको सम्झिदा अझै आँसु झर्ने बताइन । आफू चौधरी भएकाले बिबाह गर्दा धेरै दाइजो खोज्ने र आफुसङ दाइजो दिनलाई केही नभएपछी आफुसंग उमेर मिल्ने केटोसङ बिहे गर्ने त सपना मात्र भएको सम्झेर बाध्यताले वृद्धसंग बिहे गरेको बताइन ।

वृद्धकि पनि जेठी श्रीमतीको मुटुको रोगका कारणले निधन भएपछी एक्ला बनेपछि बुढेसकालमा सहाराको रुपमा ती युवतीसंग बाध्यतामै बिबाह गर्नुपरेको बताए । लाउलाउ खाउखाउ भन्ने उमेरकी सानी युवतीको कहाँनि कहालीलाग्दो छ । आमाले हजुरबासमानका वृद्धसंग बिहे गरिदिएपछी आफू धेरैदिन रोएको बताइन । भावुक हुँदै उनले आफ्नो कहानी सुनाउदा सुनाउदै आँसु नै खसाइन । उनको कुरा सुन्दा कस्को मन रुदैन होला तलको भिडियोमा हेर्नुहोला